बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा भएको  समितिको  साधारण सभाले कार्यसमिति चयन गरेको छ । उक्त समितीको  अध्यक्षमा  मुकुन्द ढुंगाना, उपाध्यक्ष बालकृष्ण पौडेल , सचिव टिकालाल तामांग , कोषाध्यक्ष यम बहादुर लिम्बु ,सदस्य निम्तो शेर्पा ,निमा शेर्पा ,कामि डोमा शेर्पा , सुमन तामांग,गुरुङ  रहेका छन ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले वडा ११ मा देखिएका  खानेपानीको समस्यालाइ छिटो भन्दा छिटो नगरपालिकाले हल गर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारीले टोलमा सिसि क्यामेरा उद्घाटन गर्दै पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रलाई  मुख्य पर्यटकीय क्षेत्र बनाउने  स्थानिय सरकारको  ध्यान रहेको जानकारी दिएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै बगलामुखी हाइट समाज उपभोक्ता समितिका अध्यक्ष मुकुन्द ढुंगानाले टोलमा भएका बिकास र गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।

समितिको ३ औँ वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाइ प्रदान गरेको छ । कान्छा शेर्पा ३५ जना आरोही मध्य १ जीवित ९२ बर्षीय आरोही हुन् ।

समितिले साधारण सभामा वडा ११ का  अध्यक्ष राजु अधिकारी  ,वडा १० का अध्यक्ष नवराज भट्टराई,वडा १२ का अध्यक्ष शम्भु भट्टराई ,कपन प्रहरी प्रभाग प्रमुख कृष्णा बस्याल, मन्दिर ब्यबस्थापनका अध्यक्ष शशी अधिकारी,कपन संगीत सरोबरका अध्यक्ष रबि पौडेल,विन्ध्यवासिनी महांकाल  खानेपानी ब्यबस्थापनका अध्यक्ष कुल प्रसाद कोइराला लागएतलाइ समितिको तेस्रो साधारणसभामा सम्मान गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।