प्रा.डा. अभि सुवेदी र प्रा.डा. गार्गी शर्मालाई “कसास यात्री स्मृति सम्मान” प्रदान गरिने

कपन अनलाइन

काठमाण्डौ ,माघ १५।

कपन साहित्य समाजका परिकल्पनाकार एवम्‌ संस्थापक संरक्षक साहित्यकार, अन्वेषक स्व. पूर्णप्रकाश नेपाल ‘यात्री’ को स्मृतिमा कपन साहित्य समाजद्वारा स्थापित “कसास यात्री स्मृति सम्मान, २०७७” वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी एवम्‌ “कसास यात्री स्मृति सम्मान, २०७५” वरिष्ठ साहित्यकार प्रा. डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय भएको छ।

निकट भविष्यमा एक विशेष साहित्यिक समारोहका बीच  समाजद्वारा प्रकाशित कपन दर्पण २०७९ (कविता विशेषाङ्क)को  लोकार्पण सहित सो सम्मान प्रदान गरिने आयोजकले जानकारी दिएको छ  ।

वि.सिं. २०६१ सालमा भाषा, कला र साहित्यको श्रीबृद्धिको उद्देश्यले स्थापित यस समाजले यस पूर्व उक्त सम्मान वि.सं. २०७५ मा प्रा. डा. दयाराम श्रेष्ठ सम्भव र २०७६ मा वरिष्ठ संस्कृतिविद्‌ श्री तेजेश्वरबाबु गबङ्गलाई समर्पण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।