गर्दै सत्कर्म पालना : ढुण्डीराज मरासिनी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
निर्जीव मूर्तिको लागि भव्यदर्बार बन्दछ,
गरिब निमुखा माग्ने पेटिमा बास भन्दछ,
अमूल्य गहना बस्त्र मूर्तिले लाउने तर–
गरीब दुखिया कन्था फाटेको प्वाल गन्दछ ।
नैवेद्य मूर्तिका लागि अनेकौं थरि छन् तर,
गरीब भोकले गर्दा मर्नलाई छ तत्पर,
दुग्धधारा दिँदै मूर्ति पुज्दै घुम्छन् वरीपरी–
अश्रुधारा बगाएको दुखिया रुन्छ धर्धर ।
कस्तो अचम्मको हाम्रो व्यवस्था धर्मको भयो,
मान्छे मारेर मान्छे ले ढुङ्गा नै पूजने भयो,
मूर्तिलाई खुसीपार्न जे पनि गर्न तत्पर–
परोपकार पुण्याय अब हेर कतागयो ।
पुषको ठण्डिले काम्दै बसेका दुखिया जन,
देऊखानलुगालत्ता गराई खुकुलो मन,
यही नै हो महादाननगरे हुन्छ क्यै अरू–
मान्छे सज्जनबन्ने हो गर्दै सत्कर्म पालना ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।