हुन्छ के मरी ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
सङ्घर्षको विकल्प नै सङ्घर्ष हो सधैँभरि
मृत्यु सङ्घर्षको सट्टा हुँदै हुन्न कसैगरी
हुन्छन् उत्तम वस्तु यो संसारमाअहो कति?
आशा राखौँ त्यहाँसम्म त्यसैले हुन्छ उन्नति ।
सक्छौँ आशा मिठो साँच्नजिन्दगानी रहे तक
तसर्थ नचुनोस् कोही, आत्मदाहभयानक
हो छैन सुध्रने छाँट, स्वार्थ्यभागी सबै परे
तैपनिसिर्जना रुन्छ, भकाभक सबै मरे ।
कुकर्मी धेर छन् हेर बुझ्ने छैनन् कसैगरी
कराऊँ बेसरी रोऊँवाजाऊँ झुण्डिँदै मरी
मर्नेले युध्दजितेको भेटिएको कहाँ छ र ?
सेतो खोज्दा सबै कालो मेटिएको कहाँ छ र ?
भएन यो भनीआजअल्पियो एक ज्यानत्यो
मुर्छा परी परी रुन्छन् परिवार सबै अहो !
भोलि यो गाउँवा देशै भनिदिन्छ कठैबरा !
घाउ थपेर साराले होलादिव्य बसुन्धरा ?
हिजो आशाग¥यौँ सारा थिग्रिएतीबनी कण
आजआशाभ¥यौँ सारा बिग्रिएतीदनादन
विग्रने होड उस्तै छ त्यसैका रापमा परी
बजाएर कहाँहोला मृत्युको निम्तिबाँसुरी ?
अन्याय छ कहाँ छैन ? घर समाज देशमा
अन्याय त कहाँ छैन ? धेर थोर जहाँतहाँ
छ त्यो, हटाउँनै पर्छ प्रतिरोध गरी गरी
सबै अटाउँनुपर्छ सृष्टिमा, हुन्छ के मरी?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक