‘अग्नी’महाकाव्य पढेपछि : प्रशुराम अधिकारी ( पुस्तक चर्चा )
कपन अनलाइन
काठमाण्डौ ,माघ ७ ।
यत्ति सम्झ कवि–
तिमी उभिने माटो तिमीलाई कसले दियो?
कसले बाल्यो त्यही माटोमा झरिलो अग्नि?
र यो पनि नबिर्स
तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो
आरन बिटुलो छ भने
तिम्रो भान्सापनि बिटुलियो यही आगोको स्पर्शले
यि हरफहरु ‘अग्नी’ महाकाव्यका हुन् ।
यस वर्षको मदन पुरस्कार प्राप्त कृति ‘अग्नी’ महाकाव्य निकै पहिले देखिको पढ्ने रहर दशैँ बिदामा पूरा गरियो । डा. नवराज लम्सालको कविता वाचनको बच्चा देखिकै फ्यान, पछि उहाँकाकविताहरु धेरै सुनियो । उहाँका ‘आगो छोपेर कतिञ्जेल’ कविता सङ्ग्रह, ‘कर्ण’ महाकाव्य र ‘धरा’ महाकाव्य किताबै किनेर पढियो पनि । भाव र शब्दसँग खेल्ने उहाँको कलाअद्भूतलाग्थ्यो । त्यसैले पनि ‘अग्नी’ पढ्ने हुटहुटी मनमा थियो । मदन पुरस्कार नै पाएपछि त नपढ्ने कुरै भएन । जति व्यस्त भएपनि पढि छाड्ने अठोटले पुस्तक किने र केही बसाईमा पढेर सिध्याएँ । ठूले कामी, जेठी तरवार र दलितहरुको कथाभन्ने ‘अग्नी’ पढीसक्दा म पनिआगो भईसकेको थिए ।
वैदिककाल देखि हालसम्मको छुवाछुतको कथाभन्ने ‘अग्नी’ले हजारौ ठूलेकामीहरुको जीवनगाथा ओकलेको छ । र मलाई पनि हरफ हरफमाभावुकबनाएको छ । सर्ग सर्गमा रुवाएको छ ।
दुःखमा
दुखै अँगालो हालेर
सँगै भाग्दै आएकाहरु
सुखमा कसरी छुत भए
कसरी अछुत भए?
फरक यत्तिहो –
शासकको छातीमा कुँदिएका
अपराधको दाग छोप्ने दौरा जसले सिउँछ ः
वर्षौदेखि ऊ नाङ्गो छ, भोको छ
तर तपाईँहरु शा सकको प्रशस्ति
र शासककै सुन्दर गाथा लेखिरहनुभएको छ काव्य र इतिहासमा
लेख्नुस्, अझै लेख्नुस्, लेखिरहनुस् ।
सत्ताबाहिर पनि रहेछ समाजको आफ्नै सत्ता
आफैँले बनाएको हतियारले
आफ्नै गर्दन रेट्दा पनि
ऐया ! भन्नपाएनन् कति
शासकवर्गको दलनबाट थिचिएका मिचिएका र उनीहरुको स्वार्थपूर्तिका लागि अछुत बनाइएकाहरुलाई आजको आधुनिक समाजसम्म आइपुग्दा समेत उही रुपमा व्यवहार गरिनु हाम्रो समाजको कलंक नै हो ।
गौरवपूर्ण समाजका महान कलाकारहरुलाई इतिहास लेखनको किनारामै छोडेर इतिहास लेखन सत्ताशक्तिको भजन लेख्नमै बरालिनु दुभाग्यपूर्ण हो ।
एउटा पण्डितको छोराले ‘तिनीहरुको पनिइतिहास छ है’ भनेर प्रश्न उठाउँनु निकै साहसपूर्ण छ । र भावी पुस्तालाई यस्तो चिसो कथा पढेर जागृत हुन प्रोत्साहन गर्दछ । वास्तवीक समाजको ज्ञानले नै समाज चेतनशीलहुने हो ।
‘अग्नी’सिर्जनाको दृष्टिले, चेतनाको दृष्टिले, सामाजिक यर्थाथताका दृष्टिले एउटा अब्बल कृति हो । पूर्विय दर्शन र संस्कृत वाङ्मय वरीपरी रहेर यसले धेरै प्रश्न उठाएको छ । समाजमा दबिएका आला र खाता बसेका धेरै घाउहरुलाई सतहमा ल्याइदिएको छ । अहिलेका मान्छेको चरित्रलाई टिपेर शासकहरुलाई समेत चुनौतिदिएको छ ।
राज्य
न त कुनै कुरो टुङ्गोमा पु¥याउँछ
न त सफलताअसफलताको कारण खोज्छ
न गर्छ योजनाको अनुगमन
सत्ताः
आफैँ प्रश्न गर्छ
आफैँ उत्तर दिन्छ
आफैँ मुद्धा हाल्छ
आफैँ फैसला गर्छ
यहिहो निरङ्कुशताको पूर्ण परिचय !
एकल निर्णयको अर्को नामहो निरङ्कुशता !
विशेषण जतिआकर्षक भएपनि
सत्ता र शान्ति सँगै रहन्नन्
शान्तिकै शिर काटेर
शासकमा रुपान्तरण हुन्छ एउटा मान्छे !
वास्तवमा छुवाछुत शासक र सम्भ्रान्त वर्गले सिर्जना गरेको सामाजिक कलंक हो । यो दागलाई अबका सचेत वर्गले क्षतिपूर्ति सहित मेट्नुपर्छ । शासकलाई अझै पनिबारम्बार औला उठाउँनु पर्छ ।
केहीकालागि ‘अग्नि’ महाकाव्यमात्रै होला । तर धेरैका लागि ‘अग्नि’नलेखिएको इतिहास हो । छुटेको जीवन र जगतको व्याख्या हो । जहाँ धेरैले बाँच्दै आएको आक्रोश र चित्कारले भरिएको समाजको चित्रण छ । सम्भ्रान्तले बनाइदिएको जातव्यवस्थाले दबिएर समाजमाअझै पनि मान्छे बन्नबाँकी समुदायको कथा छ ।
हाम्रो समाजमा कुखुरे सार्कीहरुले भोगेका कथा कहिल्यै लेखिदैँन । लुसे कामी र धने दमाईहरुको गौरवपूर्ण कलाको इतिहास कहिल्यै लेखिदैन। न त लेखिन्छ पहले दमाइहरुलेको वीरताको गाथा । इतिहास त सधैँ अन्यायपूर्ण रुपमा लेखिदो रहेछ । कथा र गाथाहरु त सधैँ गुणगाणका लागि मात्रै लेखिदो रहेछ ।
हाम्रो संस्कृति, संस्कार र जीवनशैलीसँग हरपल हरक्षण सँगसँगै हुने, सँगसँगै रहने र हरेक कर्मका लागि अपरिहार्य उनीहरु किन अछुत भए?किन तल्लो तहका गनिएँ?किन मूलधारको क्रियाकर्मबाट बहिष्करणमा पारिए ?
कर्मका आधारमा वर्ण व्यवस्था भएको हाम्रो प्राचिन संस्कृतिबाट कसरी जन्मजात जात चाँही अछुत भनेर फेरियो ?किन यति लामो कालखण्ड कसैलाई जन्मदैदेखि विभेद गरियो ?किनत्यही संस्कारलाई मलजल गर्दै हुर्काइयो ?किनकर्मका आधारमा गर्नुपर्ने विभाजन सामुदायिक रुपमै अपमानित गरेर छुट्याइयो ? ‘अग्नी’ पढिसकेपछि धेरै प्रश्नहरु मनभरी छन् । उत्तर छैन तर अब खोजिनु पर्छ यि तमाम प्रश्नका उत्तरहरु !
समाज बदल्छु भन्ने धेरैको
बास उठेकोछ बस्तीबाट !
परिवार छुटेकोछ परिवारबाट !
र आफैँ छुटेकोछ आफैँबाट एक्लैएक्लै !
सक्नु हुन्छ, विचारको लडाइँमा अविचलित उभिन !
साना र मसिना स्वरहरु भुगर्भमै बिलाउँछन्, दबाइन्छन् । बुलन्द आवाज लिएर पिडितहरु उठ्नैपर्छ । पिडित उनीहरु मात्रै होइनन् । हामी सबै हौ जो समाजमा एउटा कलंक लिएर बाँचीरहेका छौं । परिवर्तनका पक्षपातीहरु जुर्मुराउनु पर्छ अब । विवेकशीलहरु उठ्नैपर्छ । जाग्नैपर्छ र लाग्नैपर्छ । बुझेकाहरुले बुझाउँनु पर्छ । बुझेर पनिचुप बस्नेहरु नै त हुन् प्रगतिका तगारा ।
आरनबाट फर्केपछि गाईको गहुँत
र सुनपानी छर्केर चोख्खिने चेतनाले
कसरी लेख्छः आरनको इतिहास मान्छेको मर्यादा ?
कसरी बुझ्छः सीपको अर्थ र सामथ्र्यको सीमा?
तपाइँको दृष्टिकोणमै खोट छ महोदय !
बर्षौदेखि सामाजिक दलन र बहिष्करण यर्थाथ बुझ्न र बुझाउन सबैले एक पटक ‘अग्नि’ पढ्नै पर्छ । यो महाकाव्य मात्रै हैन समय र समाजको ऐना हो । सामाजिकयथार्थताको दर्पण हो । जसमा आक्रोशको आगो हरफ हरफमा लेखिएको छ । विद्रोहको स्वर पानापानामा कोरिएको छ । वेदना छ । पिडा छ र छ धेरैले भोगेको कारुणिक जीवन । पक्कै पनि यस महाकाव्यले नयाँ पुस्तालाई वास्तविक इतिहास पढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक