त्रियानब्बे प्रतिशत ल्याउने झाको चिकित्सक बन्ने धोको

त्रियानब्बे प्रतिशत ल्याउने झाको चिकित्सक बन्ने धोको

काठमाडौँ, ४ असार । पढाइमा कहिले पनि दोस्रो नभएका ग्रीन लन एकेडेमी, कामपा–१४ बल्खुका आदित्य (विवेक) झा आज सार्वजनिक प्रवेशिका परीक्षाको नतिजामा ९३.२५ प्रतिशत ल्याउन सफल भएका छन् ।
Deechit_20150619073213
सम्भवतः यो नै हालसम्म थाहा भएको उत्कृष्ट लब्धाङ्क प्रतिशत हो । धनुषा दोवी गाविस–१ का मेधावी सोह्र वर्षीय विद्यार्थी झाले भविष्यमा चिकित्सक बन्ने सपना बुनेका छन् । झाले त्यस भेगका १२ विद्यालयका विद्यार्थीभन्दा आफूलाई अब्बल साबित गरेका छन् । सो विद्यालयबाट ३० जनाले परीक्षा दिएकामा २८ जना विशिष्ट र दुई जना प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रअ भीष्म पाण्डेले जानकारी दिनुभयो ।

परीक्षाको परिणाम थाहा पाएपछि झाले प्रसन्नता व्यक्त गर्दै भविष्यमा चिकित्सक बन्ने योजना सुनाए । सामान्य आर्थिक हैसियतको परिवारमा रहेका विवेकका बुबा रतीशले छोराको सफलताबाट आफूमा खुसी छाएको र छोराको चाहनाअनुसार पढ्न दिने बताउनुभयो । अघिल्लो वर्ष सबभन्दा बढी ९३ दशमलव ९२ प्रतिशत प्राप्त भएको सार्वजनिक भएको थियो । फोटो साभार : कान्तिपुर

 

तपाइँको प्रतिक्रिया ।