सिड्नीको सेरोफेरोभित्र रमाउँदा : अरुणबहादुर खत्रीनदी ( समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,पुस २३।
यात्रा साहित्यविश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हातहालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । कथाकार कलाधर काफ्ले यसैका पछिल्ला उदाहरण हुन् । सिड्नीको सेरोफेरो कथाकार एवं नियात्राकार कलाधर काफ्लेको २०७८ चैत्रमा पछिल्लो छैठौ कृतिको रुपमा प्रकाशित भएको छ ।
यस कृति भित्र विजयादशमीको टीका र अस्ट्रेलियातिर जाने प्रसङ्ग, काठमाडौंदेखि सिड्नीसम्म, अस्ट्रेलियाको सिड्नीमा जिब्राल्टरका नियन्डरथल मानव, सिड्नीको सेरोफेरो लगायत विभिन्न शीर्षकका १७ वटा नियात्राहरु समेटिएका छन् ।
यस सङ्ग्रहभित्रको विजयादशमीको टीका र अस्ट्रेलिया तिर जाने प्रसङ्ग शीर्षकको पहिलो नियात्रामा काठमाडौंबाट शारदालाई फोन गर्नेहरुमध्ये उनका माहिला भाइ सुवर्ण शर्मा पनि एक थिए । उनी तेह्र वर्षसम्म बेलायतमा बसेपछि त्यहाँबाट सपरिवार (श्रीमती मीना र छोरा असिमसहित) अस्ट्रेलियाको सिड्नीमा बसाई सरेका थिएँ । त्यसबखतदशैँ र तिहार मनाउन सुवर्ण (सपरिवार) आफ्नो घर काठमाडौं आएकाथिए । माइतीसँग फोनमाभएको कुराकानीको बेलीबिस्तार लगाउदै हसिलो मुद्रामा शारदाले प्वाक्कभनिन् अर्को साल सुवर्णले हामीलाई दशैँ तिहार मनाउन अस्ट्रेलियामा बोलाएको जाने होइन त ?भनेर लेखिएको छ ।
काठमाडौंदेखि सिड्नीसम्म शीर्षकभित्र सन् १९८० को जनवरीमा पहिलोपटक जम्बो जेट चढेर बैङ्ककबाट टोकियोसम्म जाँदा म जति रोमाञ्चित भएको थिएँ यसपटक मलाई त्यस्तो केहीभएन । प्रथमत त्यो जम्बो जेट जति सुकै भीमकाय भएपनि यसपटक त्यो मेरा लागि नौलो थिएन नियात्राकार काफ्लेले भनेका छन् ।
आँखाले पढेको हृदय भन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुतनियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनिहो । प्रस्तुत कृतिमा स्रष्टा काफ्लेले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेकी छिन् । साथै यस सङ्ग्रहभित्रकानियात्राहरुमाजीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँगआत्मसात पाइन्छ । ग्य्रानभिल पुस्तकालयमा केहीदिनशीर्षकभित्र म ग्य्रानभिल पुस्तकालयमाप्रवेश गर्नेबित्तिकै पाएसम्म द सिड्नीमर्निङ हेराल्ड (अंग्रेजी दैनिक) हेर्ने गर्थे । पाठक टनाटन भएको समयमात्यसकालागि केही समय पर्खनु पनिपथ्र्यो । सदाझैँ एकदिन म पुस्तकालयमाप्रवेश गरे र सरासर पत्रिका पढ्ने कक्षतिर सोझिँए । त्यहाँटेबुलमात्यो पत्रिकाफिजारिएको त देखियो तर पढ्ने मानिस भने देखिएन । मैले त्यसलाई लिए र एउटा मेचमा बसेर पढ्न थाले काफ्लेले लेखेका छन् ।
यो नियात्रासङ्ग्रहभित्र ठाउँ ठाउँमा तस्बीरहरु पनि राखिएका छन् । साँच्नै भन्ने हो भने मेरो लागि भ्रमण कोरा भ्रमण मात्रनभएर केही समय कामबाट टाढा हुने, अलिअलि साथीभाइ भेट्ने, अलिअलिनयाँ ठाउँसँग मितेरी लगाउने अलिअलित्यहाँको रहनसहन धर्मसंस्कृतिनियाल्ने अवसर लिनु पनिहो भनेर नियात्राकार काफ्लेले लेखेका छन् । समग्रमा सरल, शुद्धता र रसमय भाषाशैलीमा लेखिएको एवं बौद्धिकता र हार्दिकताले ओतप्रोत यस कृतिमा अस्टे«लियाको प्रकृति र जीवनको सजीवप्रतिबिम्बनभएको छ । त्यस्तै अस्टे«लिया सम्बन्धीबहुपक्षीय सूचनापनिपर्याप्त मात्रामा सम्प्रेषित भएको छ । काफ्लेको यो कृति नेपालीयात्रासाहित्यका प्रेमी पाठकवर्गका लागि रुचिकर र ज्ञानवर्धक समेत हुनेछ । मन्दिरहरुको अवलोकन शीर्षकभित्रगुफाभित्रको सम्पूर्ण निर्माणकार्य अत्यन्तकलात्मकनियात्राकारलाई लाग्यो भनिएको छ । शानदार ब्लू माउन्टेनको रमणीय यात्राशीर्षकभित्र ब्लू माउन्टेन नेशनलपार्कभित्रप्रवेश गर्ने अन्य पर्यटकहरुले झैँ हामीले पनि ग्लेनबुक पर्यटन सूचनाकेन्द्रबाट बस्ने, घुम्ने, दृश्यावलोकन गर्ने र पदयात्रा गर्ने ठाउँहरु सम्बन्धीपर्याप्त सूचनाप्राप्तग¥यौ र त्यहाँबाट गन्तव्यस्थलतर्फ उन्मुखभयौ भनेका छन् ।
अस्टे«लियाका थ्री डी शीर्षकभित्रअहिले अस्टे«लियामा विभिन्न देशहरुबाट मानिसहरु मुख्यत रोजगारीकालागिओइरिने गरेका छन् । डेढ–दुई दशकदेखि अस्टे«लिया पुग्ने नेपालीहरुको संख्याको पनिउल्लेख्य रुपमा बृद्धि भइरहेको छ । सिड्नीशहरमा त नेपालीहरु छ्याप्छ्यापी नै भेटिन्छन् । के ती सबै रोजगार होलान् त ?भनेर उनले सोधेका छन् । असीम र म शीर्षकभित्रअसमानजीवनशैलीभएकाबालक र बृद्धको यहाँ प्रसङ्ग उठाउनुपर्ने कारणबारे जिज्ञासा उठ्न सक्छ । धेरै कुरामाअसमानभएपनिकुनै कुरामाहामी समानपनि छौ भनेर यस कृतिका लेखकले लेखेका छन् ।
आजको समयमायात्रा बृत्तान्तका लेखहरु निकै देखिनथालेका छन् कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वर्णनवाट त्यहाँपुग्न सक्ने र देख्न सक्ने रहेछ । सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो । यात्राले पाठकलाई त्यहि पु¥याउन सकिने गर्भिलो भावनाउमार्दो रहेछ । नेपाली साहित्यको निबन्धविधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजीभावनाजताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनकायात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत
छन् ।अन्त्यमा समग्र रुपमाभन्नुपर्दा यस कृतिले नेपाली साहित्यमामहनीय स्थानलिएको छ । यस्तै अन्यकृतिहरु पढ्न पाइरहने अपेक्षागर्दछु ।
पुस्तकः सिड्नीको सेरोफेरो
प्रकाशकःदायित्ववाङ्मय प्रतिष्ठान, नेपाल
संस्करणः प्रथम, वि.सं. २०६८, चैत्र
मूल्यः रु.३२५।–
पृष्ठः १९३