टोपी दिवस : बालकृष्ण गजुरेल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पुस १८।
“हामी प्रगतिशिल ब्यक्तिले सँधै भिन्न काम गर्न सक्दैनौ । बरु उही काम भिन्न तरिकाले गर्दछौँ । कहाँ परम्परा मानेर हुन्छ ?” प्रगतिशिल अावाजमा बिलासमान मञ्चवाट चिच्याए ।
सबैले उनको आवाजलाई तालीले स्वागत गरे । बुर्जुवा शिक्षा नपढ्न अनुरोध गरे । प्राविधिक शिक्षाको हुइँया ठोके । परिवर्तनको बिषय सबै जिल्लावासीले मन पराए । यति सम्म त ठिक थियो । भोट बैँकको लागि जे पनि गरे । नेपालका जनता तथा आदिवासीलाई बिभाजन गर्न विभिन्न तानाबाना बुने । नेपालको भाषा तथा अादिवासीका काल्पनिक ईतिहास खडा गरे । भाषा स्वयं विवादित गरे ।
नयाँ नेपाल तथा समाजवादको हौवा पिटे । लुट्नु सम्म लुटे र अार्थिक अवस्था दयनिय अवस्थामा पुर्याए । अंग्रेजी नयाँ बर्षको दिन थियो । उनी पद लुप्त ब्यक्तित्व । पदमा रहन चाहन्थे ।
बिलासमान मञ्चमा प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए । सुट बुटमा उनी मञ्चमा पुगे । पुरस्कार दिँदै भने, “ढर्रा बनेर काम छैन ।” सन्त कवि सालिनसँग मञ्चमा पुगे । शिरको टोपी मिलाए । राष्ट्रिय टोपी दिवस प्रति गर्व गर्दै भने, “आफु केही नगर्ने बिदेशका पकेटमाराहरु शिर उचालेर हिँड्दा अारिस गर्छन् । हामी नेपाली वीरका सन्तान हौँ । गुलामी होइनौ ।”