जस्तो सोचाई उस्तै भोगाई : कविता दाहाल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
एउटा गाउँमा बुढाबुढी बस्थे । उनीहरूको घरमा जहिले झगडा भैरहन्थ्यो । बुढाको सानो सानो कुरामा किच किच गर्ने बानी थियो । उनी आफ्नी बुढीका कुरा जहिले पनि नकारात्मक ठान्थे । बुढाको यस्तो स्वभाव देखेर बुढी पनि हैरान भैसकेकी थिइन् । उनी जहिले पनि भगवान सँग आफ्ना बुढाको सद्बुद्धि
आओस् भनेर कामना गर्थिन् ।
एक दिनको कुरा हो । बुढा चाहिं बुढीसँग रिसाएर घरबाट हिन्छ । रिसको झोकमा हिन्दा हिन्दै बुढो अनौठो ठाउँमा पुग्छ । हिनाइले थाकेकाले उ त्यहीं टुसुक्क बस्छ र मनमनैसोच्छ, ‘यहाँ चीसो पानी, सर्बत भए पनि टन्न पिउथें ।’ यत्तिकैमा त्यहाँ उस्ले खोजेजस्तै पानी, सर्बत आइपुग्छ । पानी पिएपछि
उस्ले फेरि मनमनै सोच्छ, ‘एउटा विछौना भएपनि आराम गर्ने थिएँ ।’ उस्ले सोच्ने बित्तिक्कै त्यहाँ हरियो
दवुोको विछौना आउँछ । थाकेकाले ऊ त्यही दूबोमा भुसुक्क निदाउँछ ।
केही समयपछि उस्को निन्द्रा खुल्छ । यतिबेला उस्लाई सारैभोक लागेको
हुन्छ । उस्ले मनमनै मीठा मीठा खानेकुरा सम्झन्छ । केही समयमैसोचेजति परिकारहरु उस्का अगाडि आइपुग्छन् । यो देखेर ऊ बल्ल झसङ्ग हुन्छ र आफ्नो वरिपरि निहाल्न थाल्छ । उस्ले वरपरको वातावरणमा मनमोहक दृष्यहरु
देख्छ । त्यो ठाउँ कुनैदन्त्य कथाको जस्तो जादमय अनि सफा र सुन्दर थियो । जहिले नकारात्मक
मात्र सोच्ने आफ्नो स्वभाव अनुशार अव उस्ले मनमनै सोच्छ,
‘आम्मै ! यो कतै जादुमय ठाउँ त हैन?
यहाँभूत प्रेत आयो भने ?’
नभन्दै त्यहाँभूत प्रेत आइपुग्छन् । उस्ले मनमनै फेरि सोच्न थाल्छ
‘अब इनिहरुले मलाई पक्कै खान्छन् ।’
नभन्दै भूतप्रेत अगाडि आउँछ र त्यस बुढालाई’ खाईदिन्छ ।
उता बुढी धेरै दिनसम्म पनि बुढो घर नफर्के पछि उनलाई खोज्दैजादाँ संंयोगले त्यही ठाउँमा पुग्छे ।
त्याहाँको सुन्दर दृष्य देखेर ऊ प्रफुल्ल हुन्छे । त्यहाँचारैतिर ढकमक्क फूलहरू फुलेका थिए । सुन्दर तलाउ नजिकै बगैंचा, झरना आदि अचम्म लाग्दा दृष्यहरू मनमोहक थिए । बुढी बगैंचाको छेउमा एउटा रुख मुनि बसेर मनमनै सोच्न लागि, ‘यति राम्रो ठाउँमा मेरा बुढापनि सँगै भैदिएको भए उनी पनि कति रमाउँथे होला ।’ बुढीले सोचेकी मात्र के थिई उस्को बुढो टुप्लुक्क त्यही आइपुग्छ । बुढालाई देखेर बुढी खुशीले फुरुङ पर्छे । उनीहरू दुबैजना त्यसपछि सँगै घर फकिन्छन् । उनीहरूले गाउँमा आफूहरु स्वर्ग जस्तैठाउँमा पुगेको कुरा सुनाउदा एकजना बुढा मान्छेले भने, ‘तिमीहरु त कल्पवृक्षको मुनि पुग्यो कि क्याहो !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक