सफलता : गंगा लिगल (कविता )

सफलता : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

गुलाबफुलको सुन्दरतामा
आकर्षित हामीमानव
चर्म चक्षुको केबल प्रयोगले
यसको सुन्दरतालाई
निहार्छौं

तर उसले भोगेका
कष्टमय जीवनगाथा
कसले सुनिदिन्छ र !

जीवनको शुभारम्भदेखि
काँढै–काँढाले घेरिएको
जञ्जालयुक्त
कष्टमय जीवनबाट

मुक्तिको रुपमाआफूलाई
एक सुन्दर गुलाबको र भइ
उसले आफूलाई
प्राप्त गरेको छ ।

तर काँढा पन्छाउने
जिम्मेवारी, कसैले पनि
बहनगर्न चाहन्न
बरु फूल टिप्न
तँछाड मछाड गर्छन् ।

सुन्दरताको पराकाष्ठालाई
चुम्नु छ भने
अतिप्रयत्न र
लगनशीलहातहरुको
आवश्यकतापर्दछ
जो तन, मन, धन
सम्पूर्ण रुपले
समर्पित हुनखोज्दछ
उ नै सफलताको भागी
बन्न सक्दछ ।

गुलाबको उदारताले
मानवमात्रलाई
त्याग र बलिदानको
पाठ सिकाउँदैछ
अनिमानवजीवन
सफल भै
सार्थक बन्न पुग्दछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।