जीवनको उपलब्धी : गंगा लिगल (कविता )

जीवनको उपलब्धी : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

मानवको जीवन रुपी डुँगामा
कही घामको उज्यालोले
जीवन महकिन थाल्दछ
त कहीं
कालो बादल रुपी
दुःखको छायाँले
जीवनमा नैराश्य र
मलीनता छाउन सक्छ ।

यी सुख र दुःखका
आधि बेरीले
समेटिएको यो जीवन
तर यो जीवनले
सधै
खुशीको मुस्कान मात्र
हेर्न चाहन्छ
अनि ऐस आरामको
जीवन जीउन
चाहन्छ ।

जीवनको खेतमा
जुन चीज अगाडि आउँछ
त्यसलाई जोत्न
सक्नु पर्छ
जीवनको यही नै
प्रमुख विशेषता
हुन आउँछ ।

सुखमा के छ र
केवल क्षणिक आनन्द
तर बलिदान

स्वर्गीय आनन्दको
आभास पाइन्छ ।

खेत जोतेर
अन्न प्राप्ती पछिको
सुख
अनन्त आनन्दको
प्रतिक हुन्छ

कसैको दुःख रुपी
घाउमा
मलम रुपी
सेवाले
प्राप्त भएको
अनुभूतिले
मानव जीवनमा
अनौठो
सुखानुभूति
प्राप्त हुन्छ
त्यही सुख नै
जीवनको ठूलो
उपलब्धी हुन जान्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।