व्यापार : रमेश भान्दाइ (लघुकथा)

व्यापार : रमेश भान्दाइ  (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

डाक्टरले रोगीको अगाडि दबाईको फेहरिस्थ राख्दै भने–‘सात दिनको दबाई लेखि दिएको छु । कस्तो हुन्छ सात दिन पछि मलाई भेट्नु होला । ल ऐले जानुस् ।’
रोगी दबाईको फेहरिस्थ लिएर बाहिरियो । यो सब एम बि बि एस सकेर ईण्टरनसिपमा रहेकी एक छात्राले हेरिरहेकी थिइन् । उनले भनिन् –‘सर !
हजुरले लेख्नु भएको दबाई बिषय मैले केही बुझिँन ।’
‘के बुझिनौ ?’
‘हजुरले चाहिने भन्दा न चाहिने दबाई बढी लेख्नु भयो यस्ले त रोगी लाई झनै बिगार गर्दैन र ?’
डाक्टरले हाँस्दै भने– ‘लाटी ! यो सब नगरे मेडिकल क्षेत्रको व्यापार कसरी फष्टाउँछ ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।