शंखरापुर नगरपालिका उप प्रमुख सहितको टोली अनुगमनमा व्यस्त

शंखरापुर नगरपालिका उप प्रमुख सहितको टोली अनुगमनमा व्यस्त

कपन अनलाइन 

काठमाडौं मङ्सिर ९। शंखरापुर नगरपालिका उप प्रमुख सहितको टोलीले सडक डिभिजन कार्यालय काठमाडौँबाट महादेबस्थान देखि फेदीसम्मको बाटो ढलान तथा पिच गर्ने कार्यको अनुगमन गरेकी छन।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बासुदेब खनाल  समेत सम्मिलित उक्त  अनुगमनको क्रममा साँखु राजकुलोको बाटो साइडको प्लम वाल चर्किएर कुलोको आकार सानो भएको र पिच गर्न लागेको सडकको खोला पट्टिको साइडमा डिल भस्केको देखिएकोले सडक डिभिजन कार्यालयका इन्जिनियरलाई सो बिषयको स्थलगत जानकारी गराई तत्कालनै कुलो मर्मत गर्न र सडकको डिलमा पर्खाल लगाउन अनुरोध गरिएको नगरपालिकाले जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।