कोरियामा रोजगार अनुमति प्रणालि (ईपिएस) लागू भए यता चौतिसको मृत्यु

कोरिया-सउल,
      वैदेशिक  रोजगारका लगि आर्कषक मानिदै आएको दक्षिणकोरियामा पछिल्लो चरणमा  आत्माहत्या र दुर्घटना बाट मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ । यसै गरी  अङ्गग भङ्ग तथा मानसिक सन्तुलन गुमाउनेहरुको सङ्ख्या दोब्बर वृद्धि भएको छ।
       रोजगार अनुमति प्रणालि (ईपिएस) लागू भए यतामात्र दुर्घटनामा परी सात जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । कंम्पनीमा काम गर्दा मेशीनमा च्यापीएर , धारीला हतियारले काटेर ,केमीकल र सवारी सधान चलाउदा दुर्घटनामा परी  नेपाली श्रमिकले ज्यान गुमाउने गरेका हुन ।यसरि ज्यान गुमाउनेहरुमा निलकण्ठ न्यौपाने रुपन्देहि, प्रमे बाहादुर तामाङ्ग, सिन्दुपाल्चोक ज्ञानु घर्ति मगर काठमाण्डौ, श्रवण राज पंन्थ काभ्रे, लोक बाहादुर गुरुङ्ग गोरखा , रमेश कोइराला गुल्मी र श्याम बाहादुर गुरुङ्ग पोखराका रहेका छन् ।
                उता    रोजगार अनुमति प्रणालि (ईपिएस) लागू भए यतामात्र आठ जना नेपालीले आत्मा हत्या  गरेका छन् भने दुई दर्जन बढीले मानसिक संतुलन गुमाएका छन् । यसैगरि  करिब पच्चिस सयको   सङ्ख्यामा   अङ्गग भङ्ग हुनपुगेका छन्  जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हुन जान्छ । यी घटनाहरू कोरिया प्रवेश गरेको एक महिना देखि एक वर्ष बिचमा हुने गरेका छन् । यसै गरी बिमारि  र अज्ञात तरिकाले  मृत्यु हुने को सङ्ख्या बीस रहेको छ ।
नेपाली दुतावाशकोरियाले जनाए अनुसार सेप्टेम्बर २००७ देखि  सिन्दुपाल्चोकका दीपक सुबेदिले सुरु गरेको आत्मा हत्याको श्रङ्गखला अप्रिल २०१२ मा स्याङ्गजाका ज्ञान बाहादुर गोतामे सम्म आई पुग्दा टुङ्गगिएको छैन ।यसै गरी अन्य आत्मा हत्या गर्ने हरुमा रिशि राम भण्डारि स्याङ्गजा ,  ज्ञान प्रसाद रेग्मी रौतहट  ,बालाराम न्यौपाने नुवाकोट, मान बाहादुर दर्लामि पाल्पा, धन राज घले लम्जुङ्ग र  पदम पन्थ गुल्मीका रहेका छन् ।
                         उता रोजगारकै सिलसिलामा बिमारी भई मृत्यु हुने को सङ्ख्या आठ पुगेको छ ।यसरि  मृत्यु हुने हरुमा रोषन सही माग्दी,शुशिल राना काठमाण्डौ , गणेश लिम्बु सुनसरि, शक्ति तामाङ्ग लम्जुङ्ग ,कर्ण बाहादुर राना रुपन्देहि रुद्र बाहादुर गुरुङ्ग गोरखा इन्द्र बाहादुर सुनवार गुल्मी र प्रमोद चन्द्र ओली झापाका रहेका छन् ।
      यसै गरी मृत्युको कारण थाहा हुन नसकेका हरुमा उज्वल अधिकारी उदयपुर ,विष्णु बाहादुर  केशि पर्वत, श्याम बाहादुर थापा , दिनेश अधिकारी पर्वत, भीम कुमार गुरुङ्ग सुनसरि, वाङ्गदि बिष्ट  मुस्ताङ्ग ,पिमा लामा सिन्दुपाल्चोक ,प्रताव गुरुङ्ग कास्की ,बुद्ध राज गुरुङ्ग मनाङ्ग, इन्द्र कान्त कोइराला चितवन, कर्ण बाहादुर थापा धरान र लक्ष्मी कुमार श्रेष्ठ रुपन्देहि रहेका छन् ।यी मध्ये अधिकांश कमीकलमा काम गर्ने नेपाली श्रमिक रहेका छन् ।
यसरि छोटो समयमा आत्माहत्या र दुर्घटनामा भएको वृद्धिलाई  कोरियामा कार्यरथ नेपाली श्रमिकहरुले नेपालमा गराईने तालिमको कमी भएको बताएका छन् । नेपालकै परिवेशलाई मात्र हेरेर गराईने तालिमले कोरियामा कुनै उपलब्धि नहुने भएको हुदा यसरि मृत्युदरमा वृद्धि भएको हो प्रवाशि मनदुर युनियन कोरिया का अध्क्षय उदय राईले बताउनु भएको छ ।कोरियाको हालको श्रमनिति सामन्ति र मालिक परस्त भएका हुदा विदेशी मजदुरले बढी पिडा खप्नु परेका कारण आत्माहत्याको बाटो रोजेकाहुन  राईले अगाडि भन्नु भयो “सरकारि स्थरबाट यसकालागि दरिलो कदम चाल्नु जरुरी छ” ।
उता कोरियामा बढ्दै गएको दुर्घटना र आत्माहत्याको मृत्यु दरलाई नेपाली दुतावासकोरियाले दुखत रूपमा लिएको बताएको छ ।
हामीले नेपालमा गराईने तालिममा  त्तकालै सुधार गर्न परराष्ट्र मन्त्रलयलाई पत्रचार गरी सकेका छौ उप नियोग प्रमुख राजा राम वर्तौलाले बताउनु भयो । कोरियामा समेत नेपाली श्रमिकका समस्या र अवस्था बारे अनुगमनलाई तीव्र बनाउन जरुरी छ तर जनशक्तिको अभाव रहेका कारण कठिनाई भएको छ वतौलाको भनाई थियो  “ अन्य देशको तुलनामा नेपाली श्रमिकको बढ्दो मृत्यु दरलाई कम गर्न कोरियन सरकार सँगै आवश्यक सहयोग लिने छौ” ।
तपाइँको प्रतिक्रिया ।