तोक्मे बुढा कोरियामा अभिनन्दित

स्पट ब्वाइ र लाइटम्यान हुँदै कलाकारका रूपमा स्थापित भएका विलसनविक्रम राई पछिल्लो समयमा तक्मे बुढोका रूपमा चर्चित छन्। यो चर्चासँगै देशविदेशका कार्यक्रममा उनको माग बढिरहेको छ। यसै क्रममा कोरियामा आयोजित सांस्कृतिक कार्यक्रममा विलसनलाई कोरियाबासी नेपालीले अभिन्दन गरेका छन्। सोमबार झापा मिलन समाज कोरियाले सोलको ओम रेस्टुरेन्टमा आयोजना गरेको एक कार्यक्रममा उनलाई अभिन्दन गरिएको हो।

 

नेपाल-कोरिया व्यापार संघले आयोजना गरेको सांकृतिक कार्यक्रमका लागि कोरिया आइपुगेका राईलाई एनआरएन कोरियाका अध्यक्ष तथा झापा मिलन समाज कोरियाका सल्लाहकार केपी सिटौला, झापा मिलन समाज कोरियाका अध्यक्ष मीनप्रकाश उप्रेती, नेपाली दूतावास कोरियाका सहचारी तुलसी कोइरालालगायत दर्जन बढी संघसंस्थाले दोसल्ला ओढाई संयुक्त रूपमा अभिन्दन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।