फोर्डका संस्थापक

उनी १५ वर्षमै बिग्रेका घडी बनाउन सक्थे । पाँच डलर सापट लिएर न्युयोर्कको सडकमा साइकल पन्चर टाल्ने कामबाट व्यावसायिक जीवन थालेका उनी ४० वर्षको उमेरमा करोडपति बने

फोर्ड जनरल मोटस्र कम्पनीका संस्थापक हेनरी फोर्ड गरिब परिवारमा जन्मेका थिए । उनको परिवार खेतीकिसानीमा निर्भर थियो । भनिन्छ उनले एक साथीसँग पाँच डलर सापट लिएर न्युयोर्कको सडकमा साइकल पन्चर टाल्ने कामबाट व्यावसायिक जीवन सुरु गरेका थिए । ४० वर्षको उमेरमा उनी करोडौंको मालिक बने ।
उनको जन्म १८६३ जुलाई ३० मा अमेरिकाको मिसिगनमा भयो । उनका बुवा विलियम फोर्ड भने आयरल्यान्ड हुँदै बेलायतबाट बसाइ सरी आएका थिए । उनको पढाइ यही सहरमा भयो । खेतमा आमासँग काम गर्दै पढेका उनले १२ वर्षको उमेरमा आमा गुमाए । त्यसपछि उनलाई खेतीमा पटक्कै मन गएन । विभिन्न मेसिनमा चाख दिन थाले । १५ वर्षको हँुदा उनका बाले घडी उपहार दिएका थिए । यही घडीको मद्दतले उनी केही समयमै बिग्रेका घडी बनाउन सक्ने भए । सानैदेखि विभिन्न सामानका पाटपुर्जा फुकाल्ने-जोड्ने काम गर्थे । उनको सोख भने मेसिनमा थियो । ुमेसिनहरु कसरी बन्छन् तिनीहरु जोडिए के बन्लान् ु यस्तै सोचेर घन्टौं घोत्लिन्थे ।
उनका बाले सोचेका थिए- विलियमले पक्कै पनि परिवारको खेती सम्हाल्नेछ । तर आमाको अभावमा उनी खेती गर्न नसक्ने भए र १६ वर्षमा मेकानिक बन्न घर छाडे । केही समयमै उनी स्टिम इन्जिनको मेकानिक बने । उनलाई काम पनि मिल्यो । बिहे पनि भयो । ३२ वर्षको उमेरमा उनले घोडाबिना चल्ने बग्गी बनाए । यसको नाम क्वाडि्रसाइकल राखियो । त्यतिबेला कारहरु निकै महँगा थिए । अरुको काम छाडी कार बनाउन उनले आफैंले फोर्ड जनरल मोटस्र कम्पनी खोले ।
उनी सस्तो अटोमोबाइल कार बनाउन प्रयासरत रहे । अथक प्रयासपछि आफ्नै नामको रेसकार बनाएपछि उनी चर्चित भए । तर उनको यो कार कसैले किनेनन् । पछि फोर्ड कम्पनीले बनाएको मोडल ए भने बिक्री भयो । त्यसपछि उनले मोडल बी सी डी गर्दै टीसम्म बनाए । मोडल टी त्यतिबेला अन्य गाडीको तुलनामा बलियो थियो र छिटो पनि दौडन्थ्यो । त्यसले छिट्टै बजार ततायो । उनले २० वर्षभित्रमा यही मोडलको १५ लाख कार उत्पादन गरे । र करोडौंको मालिक बने ।
त्यतिबेला त्यो कार निकै सस्तो पनि भयो । ८ सय ५० डलर पर्ने कार उनले ३ सय डलरमा बिक्री गरे । त्यसपछि उनले आफ्नो कामदारलाई अरु कम्पनीको भन्दा दोब्बर ज्याला दिन थाले । उनलाई के विश्वास थियो भने कामदारलाई राम्रो ज्याला दिए उनीहरु खुसी हुन्छन् र राम्रा कामदार आफ्नै कम्पनीमा बस्नेछन् । यसरी उनी एक साधारण गरिब परिवारमा जन्मेर पनि छिट्टै धनी र प्रख्यात बने ।
उनको भनाइ छ ुदोष होइन समाधान खोज ।ु एकपटक उनले जी-८ मोटर बनाउन चित्र कोरेर आफ्ना इन्जिनियरहरुलाई देखाएका थिए । उनीहरुले यो काम सम्भव नहुने उत्तर दिए । तर हेनरीले ुजसरी पनि बनाऊ मात्र भने । फेरि इन्जिनियरहरुले यो काम सम्भव नभएको बताए ।
हेनरीले आद
ेश दिए ुअगाडि बढ जति समय लागे पनि फरक पर्दैन ।ु छ महिना पूरा भयो । एक वर्ष पनि यसरी नै बित्यो । तर इन्जिनियरहरु सफल भएनन् । हेनरीले फेरि भने ुअगाडि बढ म यो चाहन्छु मैले यो देखेको छु र प्राप्त पनि गर्नेछु ।ु
उनले देखेको सपनाको भी-८ मोटर उनको मृत्युपछि मात्र बन्यो । आजभोलि फोर्ड टउरस उनकै सपनाको देन हो । एक्लो छोरा एडसेलको ४३ वर्षमै मृत्यु भएको ४ वर्षपछि १९४७ अपि्रल ७ मा उनी यस संसारबाट बिदा भए ।

तपाइँको प्रतिक्रिया ।