निरन्तर घरदैलोमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर-३

निरन्तर  घरदैलोमा नेपाली कांग्रेस काठमाडौ  क्षेत्र नम्बर-३

कपन अनलाइन

काठमाडौँ, कत्तिक २0 ।  नेपाली कांग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ ले घरदैलो अभियान जारी राखेको छ।शनिबार गोकर्णेश्वर-८ मा  घरदैलो गरेको नेपाली कांग्रेस क्षेत्र नं ३ ले आज गोकर्णेश्वर ४मा घरदैलो जारी राखेको छ ।

प्रतिनिधिसभा उम्मेदवार सन्तोष चालिसे र प्रदेश (२) का बिमल ठकुरी र समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी  सहित  गोकर्णेश्वर ४ उत्तरबाहिनी  स्थित कान्ति भैरब मन्दिरमा पुजा र दर्शनपछि उम्मेदवार सहित नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको चुनाव प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले जानकारी गराए  ।

कान्ति भैरब मन्दिर  उत्तरबाहिनी बाट     शुरु भएको उक्त घरदैलो किसिगाल- नोहकिल गणेश मन्दिर- भैरब चौर- तालिन्चोक- ऐतिहासिक गाउ देशे- माकलबारी- गोकर्णेश्वर महादेव मन्दिर हनुमानचोक – बस्नेत गाउ -डोखाडोल हुदै चौतारामा पुगी समापन भएको थियो  ।

उक्त कार्यक्रममा   क्षेत्रका मतदातालाई भेटेर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेको  चुनाव प्रचारप्रसार संयोजक हरिबोल भन्डारीले जानकारी गराए  ।घरदैलोमा उम्मेदवारहरुले नेपाली कांग्रेसको पक्षमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए  भने  उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।