काठमाण्डौ उपत्यकालाई प्रभाव पार्ने कृष्ण राईको सपना : नागमती बाँध
कपन अनलाइन
काठमाडौं, कार्तिक २०।
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलको नागमती नदीमा करिव ८ अर्बको लागतमा निर्माण हुने बाँधको परिकल्पनाकार काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार कृष्ण राई हुन।
बागमती नदीको स्वच्छता र काठमाण्डौको जलाधार क्षेत्रको महत्वपूर्ण खण्डको संरक्षणका लागि सो बाँध निमार्ण गर्न लागिएको हो। काठमाण्डौ उपत्यकामा जलाधार क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खल्ने सो बाँध बहुआयमिक क्षेत्र सहितको प्रभावशाली योजनाका रुपमा रहेको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा रहेको नागमती नदीमा बाँध निमार्णका लागि केन्द्र सरकारले सो आयोजनालाई आर्थिक वर्ष ०७८/७९ को बजेटमा आवस्यक रकम उल्लेख गरिएको छ।
जमिनको सतह बाट ९० मिटर उचाईमा करिव १००० रोपनीको क्षेत्रफलमा निर्माण हुने उक्त बाधबाट ४ मेघावाट बिजुली समेत निकाल्न सक्ने सम्भावना रहेकोले योजनालाई प्राथमिकतामा राखेर अगाडी बढाएको राईले बताउदै आएका छन।
करिव १ करोड लिटर पानी भण्डारण हुन सक्ने सो बाँधले काठमाण्डौको खानेपानी समस्या समाधानमा पनि सहयोग पुग्ने विस्वास व्यक्त गर्दै उनले बागमती जलाधार क्षेत्र संरक्षण तथा जलप्रवाहमा सुधारका लागि पनि यो आयोजना कोशेढुगां सावित हुने बताएका छन।
२०७७ चैत १४ गते राईको संयोजत्वमा काठमाडौँ जिल्ला समन्वयन समिति प्रमुख शिव सुन्दर राज बैध ,उपप्रमुख सरिता दाहाल , कार्यकारी अधिकृत पिताम्बर अधिकारी ,सहरी बिकाश मन्त्रालयका प्रतिनिधि,प्राबिधिक टोली सहितले बाँध निर्माण क्षेत्रको स्थलगत निरीक्षण गरे पश्चात अर्थमन्त्रालयबाट ८ अर्बको वजेटको योजना प्रस्तुत गर्दै ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।