प्रलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारण सभा सम्पन्न

प्रलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारण सभा सम्पन्न

कपन अनलाइन
काठमाडौं, कार्तिक २०।

प्रलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारण सभा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको सो संस्थाको साधारण सभा सुनगाभा पार्टी प्यालेसमा भएको हो।

लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहेको सो संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष राजीव थापा रहेका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का सदस्य श्री कृष्ण कारंजित,संस्थाका उपाध्यक्ष हरिदाश श्रेष्ठ ,सचिव कुमार बोगटी,सदस्यहरु श्रीकृष्ण श्रेष्ठ,विष्णुहरि कर्माचार्य ,श्याम कुमार श्रेष्ठ ,द्वारिका श्रेष्ठ ,चनमती श्रेष्ठ र लेखा सुपरिक्वेक्षण समिती संयोजक राज कुमार श्रेष्ठ ,सदस्यहरु सानुकाजी श्रेष्ठ र हरिदास श्रेष्ठ अतिथि रहेका थिए।

संस्थाको स्थायित्व र विकासका लागि जग्गा खरिद गरेर भवन निर्माण गर्ने तयारी गरेको प्रलभ प्रलभ बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा संस्थाको आर्थिक कारोबारलाई प्रबिधी मैत्री बनाई विभिन्न किसिमका बिद्युतिय भुक्तानी सेवा, रेमिट्यान्स सेवा संचालन गर्न आधुनिक बैकिङ सफ्वेयर समेत जडान गरीसकेको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिएका छन।

थानिय सिप र श्र्रमको प्रयोग गरी स्थानिय जनता र शेयर सदस्यहरुको दैनिक आवश्यकता पूर्ति गर्ने विभिन्न किसिमका बस्तु तथा सेवाहरुको उत्पादन गरी प्रवद्र्धन गर्ने उद्योग संचालन गर्ने चाहने शेयर सदस्यलाई आवश्यक तालिम एवं प्रविधिको व्यवस्था गर्ने र आवश्यक पूँजी समेत उपलब्ध गराउने प्रस्ताव पारित गरेको साधारण सभामा सचिव कुमार बोगटी र लेखा समिति संयोजक राज कुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए।

२,०४,७२,५८१ शेयर पुजी रहेको सो संस्थाले शेयर सदस्यहरुको कुनै व्यवसायिक योजना भएमा उक्त योजना पुरा गर्न संस्थावाट विभिन्न किसिमको सहयोग आवश्यकता भएमा सो सम्बन्धमा बिस्तृत कार्ययोजना सहितको लिखित प्रस्ताब पेश भएमा व्यवसायिक योजना र व्यवसायिक लागतको आधारमा धितो लिई ऋण लगानी गर्ने प्रस्ताव पारित गरेको छ।

तपाइँको प्रतिक्रिया ।