“नेता को परिचय”

कपन अनलाइन 

काठमाडौं, असोज २८ / अमर प्रकाश तिवारी  बर्तमान परिपेक्षमा नेपाली राजनीतिज्ञ या राजनीतिकर्मी वा नेता लाई नेपाली समाज वा आम नेपालीहरुको बुझाइबाट चरित्र चित्रण गर्ने नै हो भने, कि त ऊ बिग्रिएको हुनुपर्योु या त सबैबाट असफल भएकोहुनुपर्यो, अनि मात्र ऊ राजनीतिज्ञ या राजनीतिकर्मी वा नेता भएको हुनु पर्छ या बनाइएको हुनुपर्छ, भन्ने बुझाई छ ।

हाम्रा समाजले कुनै एक बालकको भविष्य चित्रण गर्दा पढेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे वा यस्तै अरू केही बन्नुपर्छ भन्ने समान धारणा राखेको हुन्छ तर नेता त बन्नै हुन्न भन्ने अबधारणा छ । यसो भनिनुको तर्क के हो भने, नेता बन्नु भनेको बिग्रनु हो, जसको कुनै ठोस भबिष्य रहदैन र नेता हुनु भनेको सप्रनु त हुँदै होइन, भन्ने मान्यता छ ।सफल नेता हुनमा सामाजिक अवस्था संग नजिकबाट परिचित भएको, कानुन जानेको, अन्तराष्ट्रिय राजनीतिक वा परिवेश बुझेको, कर्मचारी संयन्त्र संचालन गर्न सक्ने, प्रसस्त सम्भाव्यता योजनाहरु भएको, तिष्ण बुद्धि भएको नै नेता हुने आधार भएको धेरै राजनीतक शास्त्रीहरु बताउछन ।
हाम्रो परिवेश अलि फरक छ, याहा नेता बन्न सडक तताउनु पर्छ, अन्य जे कारणले जेल गएको भए पनि जेल गएको प्रमाण हुनेबित्तिकै गज्जब नेता बन्छन । हाम्रो राजनीतिक ऐतिहासिक सन्दर्भले स्थापित गरिदिएको मान्यता भनेको जसले राजनीतिक गफ गर्छ, ऊ नै खासमा नेता हो । ज्ञान वा विद्वता अथवा अन्य वैधता होइन, क्याम्पसमा एकहुल जमात जम्मा गरेर सडकमा टायर बाले नेता होइन्छ । नेतामा खास चारित्रिक प्रमाणपत्र नै त्यही भयो, कुनै विश्वविद्यालय वा शिक्षालयबाट औपचारिक शिक्षा हासिलको गरेको जरुरी भएन नै, या समाजबाट चुनिनु पनि परेन र बौद्धिकताको प्रमाणपत्र पनि जरुरी परेन ।
सडकमा सत्ताधारीविरुद्ध विपक्षीय राजनीतिक आस्था बोक्ने जो-जसले टायर बाल्न, सार्वजनिक सम्पत्तिमाथि धावा बोल्न वा चर्का नारा ओकेल्न अगुवाइ गर्योय नेपाली समाजमा त्यो नै नेता ठहर्छ । राजनीतिक समाजले नेताको परिभाषाभित्र तिनै आधारलाई नेता बन्ने सर्तका रूपमा आधार मानेको छ अर्थात्, सडक वा भीडमा जो अगाडि छ, अझ जसले प्रहरीको लाठी, अझै भन्नु पर्दा एकदुई गोली नै पनि खान पछि नपरेको जस्तो गरेको मात्र किन नहोस, त्यहा राजनीतिक नेताका रूपमा परिचय बनिहाल्छ, र दुई चार जना अगिपछी लागेपछि समाजले नै नेता मानिहल्छ र यो नै राजनीतिक नेता रोज्न परम्परा नेपालमा छ ।
समग्र बुझाइमा यो राजनीति भनेको एक प्रकारको निकम्मा अवस्था भन्ने बुझिन्छ । सरल भाषामा यसलाई फोहरी खेल पनि भनिन्छ किनभने, हामीले अभ्यास गर्दै आएको राजनीतिको र राजनीतिक अभ्यास गर्दै आएका नेताको ज्ञान, विद्वता र इमानको उपज नै यो आम बुझाइ हो । नेता इमानले चले प्रसासन र बिकासमा संका गर्ने ठाउ आउदैन । नेताले नै प्रशासन नियन्त्रण गर्न सके बिकासका सम्भावना सहज हुने हो । नेताले नीति निर्माणमा जनअपेक्षा समेटेर बिज्ञहरुको सहभागिता सहित काम गर्दा त्यसले प्रसासन नियन्त्रणमा रहन्छ । फलस्वरुप सरकार नागरिकको सम्बन्ध स्थापित भई शासकीय चुस्तता प्रवद्र्धनमा सघाउन पहल हुन्छ ।
नेपाली राजनीतिले बुझेको र अनुभब गरेकको यथार्थ भनेको नेताले सत्तामा जानका निम्ति अपनाएको जस्तोसुकै तिकडम वा राष्ट्रिय अहित नै किन नहोस उनीहरुले गरेको यस्ता क्रियाकलाप बुज्दा बुज्दै पनि उनीहरुलाई नै राजनीतिक पात्र वा नेताका रूपमा मान्नु नै नेता प्रतिको एक प्रमुख बितृष्णा हुन सक्छ । त्यस्ता राजनीतिक पात्रको लागि राजनीति त सत्ताप्राप्तिको मार्ग मात्रै हो, जहाँ कुनै जिम्बेवारी हुदैन । नेता हुने या नेतृत्व गर्ने कुरो आउने बित्तिकै कम्तीमा यसको न्युनतम आधार तय गरी सोहि अनुरुप अचारण गरेको आधारलाई प्रमाणपत्रका रूपमा मान्ने परिपाटी विकास भए सबल र सक्षम नेता आउने थिए कि?
( लेखक कागेश्वरी मनोहरा नगरपालिका  वडा  नं ६ निवासी हुन।  उनले  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन  भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )
तपाइँको प्रतिक्रिया ।