आपराधिक गतिविधि न्युनीकरणका लागि कागेश्वरी २ मा सिसिटिभी क्यामरा र सडक बत्ति जडान गरिदै

आपराधिक गतिविधि न्युनीकरणका लागि कागेश्वरी २ मा सिसिटिभी क्यामरा र सडक बत्ति जडान गरिदै

कपन अनलाइन

काठमाडौं, असोज २८ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का बिभिन्न स्थान र चोकहरुमा  सिसिटिभी जडान गरिएको छ । नगरपालिकाको सहयोग र वडा अध्यक्ष सुरज खड्काको पहलमा हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का मुख्य स्थान र चोकहरुमा  आवश्यकता हेरी ९ वटा सिसिटिभी क्यामरा जडान गरिएको र अन्य स्थानमा पनि थप ५ वटा सिसिटिभी क्यामरा जडान गर्ने कार्य भइरहेको कपन अनलाइनलाइ  जानकारी गराए ।

पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको हुँदा सिसिटिभीले  टोलको सुरक्षामा महत्वपुर्ण भुमिका  खल्ने  बिश्वास  समेत  अध्यक्ष खड्काले  ब्यक्त गरेका  छन ।

वडा टोलको  सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएको उनले प्रष्ट पारेका छन ।सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बिश्वास ब्यक्त गर्दै  सडक दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको न्यूनीकरणका लागि पनि  सिसिटिभी जडान महत्वपुर्ण भएको  उनले बताए ।

त्यसैगरि  वडाले अँध्यारोमा समेत आवतजावत गर्न सहज बनाउने उद्देश्य सहित सडक बत्ति जडान गर्ने कार्य पनि शुरु  गर्न लागेको उनले जानकारी   गराएका छन  । अध्यक्ष  खड्काले  सडक बत्ति जडानको कार्य पनि शुरु भए पछि  हप्ता दिन  सम्ममा त्यो सकिने बिश्वास ब्यक्त  गर्दै    बत्ति जडान भए  पश्चात   रातमा आपतबिपत पर्दा समेत सहज रुपमा हिडडुल गर्न  सहज हुने   बताएका छन  ।सडक बत्ती बलेसंगै सो क्षेत्रमा हुन सक्ने सम्भावित चोरिको घटनामा कमि आउने बिश्वास स्थानीयले लिएको   वडा अध्यक्ष सुरज खड्काले  जानकारी गराए । सडक बत्तिको  प्रभावकारिता र स्थानीय आवश्यकतालाई ध्यानमा राखी थप  स्थानमा पनि सडक बत्ति जडान गर्ने योजना रहेको  उनले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।