गोकर्णेश्वर नयाँपाटीमा नेकपा एमाले प्रदेश (२)को निर्वाचन क्षेत्रीय समन्वय कमिटी कार्यालय स्थापना

गोकर्णेश्वर नयाँपाटीमा नेकपा एमाले प्रदेश (२)को निर्वाचन क्षेत्रीय समन्वय कमिटी कार्यालय स्थापना

कपन अनलाइन

काठमाडौं असोज २८ । काठमाडौं क्षेत्र नं ३ प्रदेश (२) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले  प्रदेश  सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको कार्यालय  स्थापना गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा आसन्न मङ्सिर ४ को निर्वाचनलाइ लक्षित गर्दै स्थापना गरिएको उक्त कार्यलयको नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभाका उम्मेदवार कृष्ण बहादुर राइ नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम प्रदेश क्षेत्र नं ३  (२)  का उम्मेदवार रामेश्वर फुयालले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभाका उम्मेदवार कृष्ण बहादुर राइले नेता तथा कार्यकर्ता तथा शुभचिन्तकहरुलाई  पार्टीलाइ जिताउने गरि एकजुट भएर निर्वाचन अभियानमा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए।

नेकपा एमाले देश निर्माणमा लागेको पार्टी भएको हुँदा  सबै मिलेर देश बनाउने अभियानमा जोडिनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाइ मत दिएर बिजयी गराउन समेत अनुरोध गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम प्रदेश क्षेत्र नं ३  (२) का उम्मेदवार रामेश्वर फुयालले सुखी नेपाली र समृद्द नेपालको सपना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने भएको हुँदा एमालेलाइ जिताउन सबै जना लाग्नु पर्नेमा जोड दिएका थिए।

उनले जनता र राष्ट्र हितका  पक्षमा काम गर्ने पार्टी नै नेकपा एमाले भएकै कारण एमालेलाई चौतर्फी घेराबन्दी गरिएको समेत बताए ।उनले सो घेराबन्दी चिर्न पनि मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाइ मत दिएर बिजयी गराउन समेत अनुरोध गरेका थिए ।

उनले आफ्नो कार्यकालमा शिर निउराउने पर्ने गरि कुनै कार्य नगरेको भन्दै बाँकी रहेको योजना पुरा गर्न लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश क्षेत्र नं ३  (१ ) का उम्मेदवार चन्द्रमान लामा, लगायत नेकपा एमालेका बिभिन्न तहका नेता  कार्यकर्ता  तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।