राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए
कपन अनलाइन
काठमाडौँ,असोज २५। मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ३को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ अधिवक्ता गणेश गिरिले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फ चुण्डी लामा र प्रदेश ख मा कमल सुनारले उम्मेदवारी दर्ता गराएका छन । उनीहरुले आइतबार निर्वाचन अधिकृतको कार्यलय बेशीगाउमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन । बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।