नेकपा एमाले काठमाडौँ क्षेत्र नं २ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए
कपन अनलाइन
काठमाडौँ,असोज २५। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मणिराम फुयालले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फ पुर्व बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र प्रदेश ख मा शंखरापुर नगरपालिकाका पूर्व प्रमुख सुवर्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन । उनीहरुले आइतबार निर्वाचन अधिकृतको कार्यलय थलीमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन । बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।