नेकपा माओवादी केन्द्र  काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए

नेकपा माओवादी केन्द्र  काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए

कपन अनलाइन

काठमाडौँ,असोज २५। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्र  काठमाडौं क्षेत्र नं ३ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य बद्रि बजगाईंले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फ जिल्ला समन्वय समिति सदस्य  कपिलमणि उप्रेती र प्रदेश ख मा  बागमति प्रदेश सचिवालय सदस्य तथा निर्बाचन क्षेत्र नं ३  का क्षेत्रीय ईन्चार्ज  महेश्वर फुयालले  उम्मेदवारी दर्ता गराएका छन  ।

उनीहरुले आइतबार  निर्वाचन अधिकृतको कार्यलय बेशीगाउमा   सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन । बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले  मनोनयन दर्ता गराएका  थिए ।

 

तपाइँको प्रतिक्रिया ।