गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित बिसौ वडा दशैँ रनिंग शिल्ड नकाउट फुटबल प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित बिसौ वडा दशैँ रनिंग शिल्ड नकाउट फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं असोज १८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको बडादशैँ रनिंग शिल्ड फुटबल प्रतियोगिता   सम्पन्न  भएको छ ।

नेपालीहरुको महान पर्व वडा दशैको अवसरमा बिगतका वर्ष झैँ यस बर्ष पनि वडा नं ४ अन्तर्गत बिसौ वडा दशैँ रनिंग शिल्ड नकाउट फुटबल प्रतियोगिता  आयोजना गरेको  हो । बिगतको वर्ष कोरोनाको कारण स्थगित गरिएको सो प्रतियोगितालाइ निरन्तरता दिएको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले कपन अनलाइनलाइ जानकारी गराए ।

नाम्ग्याल उच्च माविको खेल मैदानमा  असोज ११ गते देखि शुरु भएको सो प्रतियोगिताको फाइनल खेल असोज १६ गते  तालिन्चोक युवा क्लब र  गोकर्ण १ बीच भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा तालिन्चोक युवा क्लब ले गोकर्ण १ लाइ २-१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको छ ।

जित संगै तालिन्चोक युवा क्लबले नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उप बिजेता गोकर्ण १ले नगद रु तीस हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ ।प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधि ज्ञानकुमार श्रेष्ठले हात पारे भने उत्कृष्ट खेलाडीको उपाधि  तालिन्चोक युवा क्लबका अनुप श्रेष्ठ, त्यसै गरि उत्कृष्ट गोल रक्षक तालिन्चोक युवा क्लब कै रोशन श्रेष्ठले हात पारे ।

बिजेता उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा वडा अध्यक्ष जयराम महत गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा पुर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।