केही मतलब छैन : इन्द्रकुमार श्रेष्ठ (कविता )

केही मतलब छैन : इन्द्रकुमार श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

योग्य युवा युरोप गए अमेरिका गए
बलिया युवा पनि सबै खाडी जाने भए
यहाँ बस्ने बूढाबूढी वृद्धभत्ता गाउँछन्
काम गर्न नसके नि किनिखान पाउँछन् ।

बाँकी युवाहरू कमाइतिर बहेका छन्
ठूलाठूला कुरा गरी नेता भएका छन्
युवा, बूढा सबै नेता देशै नेतामय
यो देशमा नेताको नै भयो साह्रै भय ।

महङ्गीले गाह्रो यता जनता बाँच्नलाई
नेतालाई हतार उता भत्ता बढाउनलाई
जग्गा बाँझै जताततै असार मनाउने रे !
बेउलाजस्तै ! कोही बीउको माला लगाउने रे !

“देश जाओस् ! जनता मरोस् ! केही मतलब छैन
कहिल्यै पनि नरोकियोस् हाम्रो सुख, चैन !
जे गरे नि हामीलाई हुन्छ छुटैछुट !”
‘गणतन्त्र’, ‘संघीयता’ भन्ने यही हो बुझ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।