भिड : नवराज चौधरी (लघुकथा)

भिड : नवराज चौधरी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

भयकंर भिँडमा जय जयकार हुदैथ्यो । आसनमा बसेको मान्छेको अनुहार अबिर, माला र दोसल्लाले पुरिएको थियो । ‘को हुनुहुन्छ उहाँ ?’ मैले सोधेँ ।
‘ह न चिन्नुहुन्न उहाँलाई ? उहाँ समाजसेवी र देशभक्त हाम्रो देशको महान नेता प्रज्वल हुनुहुन्छ ।’
भिंडलाई छिचोल्दै मैले त्यो महान व्यक्तिलाई चियाएर हेरेँ । चोरी र ठगीको आरोपमा कैयौंपटक सजाय पाएको, सानोमा पढदाको साथी छदम प्रसाद पो रैछ ! म आश्चर्य मान्दै, मुसुमुसु हाँस्दै अघि लागेँ ।
यतिकैमा चोर–चोर भनेर भिंडले लखेटिएको मान्छे मसँग ठोकिन्न पुग्यो । ऊ मलाई एक्कासि अंगालो हालेर बचाऊ ! भन्दै गुहार्न थाल्यो । झुत्रा कपडा र धुलोमैलोमा आत्तिएको त्यो व्यक्तिलाई नियालेर हेरें । ऊ त हामीसँगै पढने जेहेन्दार साथै मेहनती र इमान्दारीतामा कैयौं पटक पुरस्कृत भएको बाल्यकालको साथी प्रदिप पो रैछ ।
भिंड्लाई कसरी सम्हाल्ने भनेर म अतालिएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।