‘पासपोर्ट मेरो ब्रह्मास्त्र’
कपन अनलाइन
काठमाडौं, असोज ७ /अमर प्रकाश तिवारी
पासपोर्ट मेरो ब्रह्माअश्र” ऊ दिनभरको थकान पछि बिस्तारामा जान्छ, अनगिन्ति सपना बुन्न थाल्छ । बल्ल बल्ल यो ब्रह्मास्त्र मेरो हातमा पर्यो । सानो किताब (राहदानी/पासपोर्ट)लाई सिरान मुनि राख्दै इश्वरलाई कोटी कोटी धन्यबाद दिन्छ । झपक्कै चाडबाडले छोप्दै गएको छ, चारै तिर रमाइलो देखिने मौषम छ, भने कतै कतै बर्षातले दिक्क पनि बनाएको छ । ढपक्कै ढाकेको चाडबाड भन्दा उसलाई अबिरल वर्षा नै मनपर्छ । आ.. यो वर्षा तिहार सम्म भैदिए हुन्थ्यो, उ कोल्टे पर्दै सोच्छ । यो पानि त तिहार सम्म परिदिए हुने नि त्यसपछि देखा जाएगा, ऊ सराप्छ । उसले सराप्दै गर्दा उसको आफ्नै दरिद्री हैसियत प्रष्ट हुन्छ ।
फेरी समहालिन्छ, मैले पो सकिन त तर मेरो परिवारलाई आयको यो चाड त राम्रै हो नि, मनाइदिनु पर्छ, भो पानि नपरे पनि हुने, फेरी बर्षातको बिरोध गर्छ । असोज महिना पनि पानि परेको परै छ, कति पर्न सकेको हो? ऊ प्रश्न गर्दौ उत्तनानो पर्छ । सबै तिर छानो टालेको नै छु, गोठमा अलिकति छली (गहुको सुकेको बोट) पुगेको थिएन, छानो चुहिएर बस्तुभाउ भिज्ने भए । कतै बाट पनि यो छानो पूर्ण गर्न सकिएन उ चिन्ता गर्छ । आजकाल के भएको हो कुन्नि दैनिक ज्यालादारीमा पनि बोलाउन छाडे, चाडबाडले होला राम्रै जाबफ पनि छ उ संग । गोठको छानो फेरु भनेको पनि तेस्तै भयो, छानो फेर्ने मेरो यो बाध्याता पनि कहिले टरेन ।
लामो सुस्केरा हाल्दै सिरान मुनि राखेको सानो किताब निकाल्छ, आध्यारोमा सानो किताबका पन्ना पल्टाउछ, मुसुक्क हास्छ र त्यो किताबलाई छातीमा टासेर भन्छ, छानो मात्र के अर्को बर्ष त नयाँ घर नै बनाउछु । उनको पनि बिहेमा दिएको गहना मासेर पोहर साल सुत्केरी खर्च टारेको, बिचरा त्यही एउटा पोते त थियो, त्यो पनि स्वाहा । म मर्द त होइन, केहि गर्न नसक्ने, जाबो तिन जना पाल्न नसक्ने कहाँ मर्द हु म? प्रश्न गर्छ । १३ महिने छोरीलाई हिजो लिटो संगै अन्य पौष्टिक आहार किन्ने जाबो दुई सय पनि निकाल्न सकिन, के बौ हुनु म .. ह्या.., आफुले आफुलाई बेस्सरी गालि गर्छ, नामर्दको संज्ञा दिन्छ, र मुट्ठी कसेर प्रण गर्छ, अबको मरो मार्ग अलग हुनेछ ।
यहाँ दसैँ को पुर्बसंध्यामा जुन रौनक बजारमा छ, मेरो इच्छा त छानो फेर्ने हो, तर उनीलाई पनि केहि इच्छा होला, भोलि नै त्यो साहु संग ढ्याके ब्याजमा अलिकति सापटी माग्नु पर्ला, अनि मज्जाले यो चाड मान्ने हो, त्यो साहुको पैसो वर्ष दिनमा तिरौला नि, उपाए सुझ्याउछ । छोरीलाई पौष्टिक आहार, उनीलाई धोति चोलो र घरमा दुइटा भाले, यसपालिको दसैँ त्यसरीनै टार्नु पर्ला । कति सोच्नु आम्दानी छैन, जागिर छैन, आजकल त ज्यालामा दैनिकी काम पाउन छाडेको छ, के गर्नु, उपाए भनेको येस्तोबेला त्यहि साहु त हो नि, ढ्याके ब्याज लिन्छु । आहा.. के तनाब लिनु, साहु कहाँ भोलि जानु पर्ला ? फेरी कोल्टे फेर्छ ! म केहि इच्छा राख्दिन ।
परिवारको खुसि र आफ्नो भविष्य यो गाउबाट नहुने नै भयो । सधै अभाब र चिन्ता, सधै अनिश्चित भबिष्य र अन्यौल परिस्थिति । आजको रात बाट म मा परिबर्तन ल्याउनु पर्छ, मेरो जिबनमा समिब्रिधि ल्याउनु पर्छ । म एक संकल्प गर्छु, म मेरो परिवारमा सम्ब्रिधि ल्याउछु, मेरो परिवारमा खुसी ल्याउछु । म बलियो र सक्षम छु । कस्तो निन्द्रा नलागेको छ्या । फेरि यता कोल्टे फेर्दै गर्दा छातीमा घोचे जस्तो हुन्छ, त्यहि किताबले । ऊ टोलाउछ, हातमा भएको बस्तु बारेमा सोच्छ र बल्ल बुझ्छ यो नै लिएर जाने हो, यो नै मेरो भविष्यको पालन पोषण गर्ने बलियो माध्याम हो, यो त मेरो सपना पूरा गर्ने एउटा गतिलो हतियार हो, मेरो, मेरो छोरीको र मरो उनिको इच्छा पुरा गर्ने इच्छास्त्र हो । यो मेरो वास्तविक ब्रह्मास्त्र हो । ऊ मुस्काउछ ब्रह्मास्त्र लाई एकपटक ढोग्छ, प्राथना गर्छ र सिरानीमुनि राखेर भुसुक्क निदाउछ ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ निवासी हुन। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )
तपाइँको प्रतिक्रिया ।