काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी फाउन्टेन पार्क उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी फाउन्टेन पार्क उद्घाटन

कपन अनलाइन

काठमाडौँ, असोज ७ ।काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी फाउन्टेन पार्क उद्घाटन  तथा पानी पोखरी युवा क्लबको वार्षिकोत्सव सम्पन्न भएको छ ।बिहिबार पानी पोखरी युवा क्लब प्रांगण महांकालमा भएको  उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रथम नगर प्रमुख तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति  सन्तोस चालिसेले  उक्त पार्कको उद्घाटन गरेका हुन।  काठमाडौं महानगर पालिका वडा नं ६ का   बर्तमान वडाअध्यक्ष भुवन लामा सहितको  टिमको आग्रहमा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख  सन्तोष चालिसेले १९ लाख रुपैयाँ बिनियोजन गरि  सो वाटर फाउन्टेन सहितको पार्कको लागि व्यवस्था मिलाएका थिए ।

पार्क उद्घाटन गर्ने समयसम्म सो रकमबाहेक पनि थप ३ लाख रुपैयाँ लगानी भएको कार्यक्रम  संयोजक पबिन भट्टले जानकारी दिएका छन्  । कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (क)का सभापति श्रीराम चालिसे, वडा सदस्यहरु, पानी पोखरी युवा क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त क्षेत्रको  पार्कले सौन्दर्यकरणमा  बृद्दि गर्ने  बिश्वास ब्यक्त गरेका थिए ।

उनीहरुले सो पार्क बाट वृद्धवृद्धा, बालबालिका बढी लाभान्वित हुने  समेत  बताएका थिए । पार्कमा आराम गर्न मिल्नेगरी बस्ने बेन्च, वाटर फाउन्टेन, कलरफुल बत्ती, फुलबारी समेत रहेको छ ।  पार्कमा  घुम्‍न, बस्‍न, फोटो खिच्‍न कुनै शुल्क नलाग्‍ने संयोजक पबिन भट्टले जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।