“टिकट नपाउदा”
कपन अनलाइन
काठमाडौँ, भाद्र ३२ / अमर प्रकाश तिवारी
फेरी पनि नाम रहेन छ । हैन मेरो अस्तित्व नै मेटाए । जीबनमा राजनीतिक त्याग गेरको नै हो, यद्यपी समय फरक भयो मेरो नाम फेरी पनि नपर्नु भनेको मेरो राजनीतिक जीबन असफल नै भएको बुझ्छु । म जिल्लामै चर्चित रानीतिक आगुवा, बलियो उमेद्वार आज चुनाब नजिकिदै गर्दा मेरो नाम कतै नअट्नु म प्रतिको एकोहोरो प्रहार नै हो । टिकटका लागि नेताको घर धाउनेको भीड भित्र म पनि थिए, भन्सुन गरेर हुन्छ कि भनेर निरन्तर लागेको थिए । मेरो त पार्टी सभापति संग राम्रै उठ बस थियो, सामाजिक बहस गरेको थियौ, बिकासका कुरोमा धेरै पटकसंगै बसेर छलफल गरेको पनि हो ।
बौद्धिक बहस र सामाजिक रुपान्तरणका बुदामा हामीले धेरै पटक छलफल गरेर उचित निस्कर्ष निकालेकै हौ । सभापति संग मेरो सामाजिक बहस र बिकासका कुरोमा बौद्धिक राय सल्लाहा लिने दिने कायम अझै छ नै तर यो टिकेट बाडफाडमा भने सभापतिले मसंग कुनै परामर्श आवश्यक ठानेनन । गन्ध त आएकै थियो र पनि म बिस्वस्त थिए । कुरो पैसाको पनि होला, अहिलेको परिबर्तित राजनीतिमा पैसो खर्च गर्न सक्नेले अलि सहजै टिकट पाउँछन् । राजनीतिमा दशौं वर्षदेखि लागेका, सामाजिक सेवा गरेको र पार्टीका लागि मरिमेटेर काम गरेकाहरु अब मुल्याकन हुदैन, पैसोले नै राजनीतक परिचय बनाउछ । सैदान्तिक रूपमा मेरो पार्टी र मेरो समाज भनेर हिड्नेलाई राजनीतिक परिबेसले चिन्दैन, मेरो मेरो आवश्कता परिबर्तित र बिकाशोमुखी समाजलाई मात्र हो मेरो राजनीतिक पार्टीलाई होइन ।
विगतको कुराहरु फेरिपनि केलाउने हो भने सभापति वा अध्यक्षको मनले नखाएको र पैसा नभएकाहरु जतिनै सामाजिक पहिचान बनाएपनि टिकेट पाउन सक्दैनन् । जनताको मन परेको व्यक्ति भएपनि उसले टिकट नै नपाएपछि के गर्ने ? जनताले चिन्दै नचिनेका, पार्टीमा नलागेका तर निगाहमा र पैसोको आडमा धमाधम टिकट दिने परिपाटीको म बिरोधि पनि हु, यो कुरोमा मेरो सभापतिले सहमति पनि जनाएका हुन् । व्यापारी, गुण्डागर्दी गर्ने, भ्रष्ट्राचार गर्ने जस्ता व्यक्ति नै राजनीतिमा हाबी भएका छन् जसले सजिलै जति पनि खर्च गर्ने सामर्थ्य राख्छन । नेपालको राजनीतिक वृतकेलाउने हो भने २०४८ देखि अहिलेसम्म एउटै व्यक्तिले टिकट पाएका छन् । सधै उसैले मात्र टिकेट पाउने, निरन्तर र सधै । सामाजिक बहिस्कृति व्यक्तिव नै किन नहोस, जति पटक हारेपनि, या जितेपनि टिकट त्यस्तैले सधै पाउने, परिपाटी छ र जनताको केहि काम नगर्ने, तिरस्कृत तर चुनाव आउदा टिकेट उसैले पाउने एक राजनीतिक विकृति छ ।
निर्वाचन आयोगले एकपटक चुनाव गराउँदा करिब १० अर्ब खर्च हुन्छ, त्यो जनताको करबाट असुल्ने नै हो । जनता घामपानी नभनि बिहानदेखि लाइनमा बसेर भोट हाल्छन्, र त्यस्तैलाई जिताउछन् जनताको ठुलो आस भरोसा त्यतिकै सेलाउछ । चाखलाग्दो कुरो के भने सांसद नै नभएको व्यक्तिलाई पनि मन्त्री बनाइन्छ । जनताको भोटको मान कहाँसम्म रहेछ भनेर यहाँबाट स्पष्ट हुन्छ । करोडौ खर्च गरेर टिकट लिने त्यस्ता व्यापारी, गुण्डो, भ्रष्ट्राचारीले चुनाब जिते देश बिकास/समाज बिकास गर्ने सम्भावना रहदैन ।यहाँ टिकट लिन देखि चुनाब लड्न सम्म गरिने खर्च करोडौ हुन्छ जुन उठाउनका लागि भोलिका दिनमा भ्रष्ट्राचार भन्दा विकल्प छैन । मेरो बहस पनि त्यहि हो, मेरो आग्रह या अनुरोध सम्पूर्ण सभापति तथा सम्पूर्ण कार्यसमितिको पदाधिकारीहरुलाई जनताको काम गर्ने, सामाजिक बिकासमा ध्यान दिने, भ्रष्ट्राचार नगर्ने व्यक्तिलाई नै टिकट दिनुस । मेरो नाम परेन, सायद म व्यापारी, गुण्डो, भ्रष्ट्राचारी भित्र परिन । यसपाली टिकट नपाउदा म हर्षित छु ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ निवासी हुन। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )
तपाइँको प्रतिक्रिया ।