Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/306577366_395712622744040_1005951475147961454_n-745x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भ्रामक समाचार प्रति चन्द्रागिरी नगरपालिकाको गम्भीर ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं भाद्र ३१ ।चन्द्रागिरी नगरपालिकाले प्रेस बिज्ञप्ति मार्फत कवाडी कर लगायत अन्य बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नगर प्रमुख घनश्याम गिरीले जारी गरेको उक्त प्रेस बिज्ञप्तिमा कवाडी कर लगायत अन्य बिषयलाई लिएर विभिन्न मितिमा संचार माध्यम बाट प्रसारित श्रव्यदृश्य सामग्री प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन। संचार माध्यम बाट प्रसारित श्रव्यदृश्य सामग्रीमा कवाडी सामानको बिवरण दाखिला गर्दा र नाका वाट बाहिर लैजादा सामानको बिवरण फरक परेको भन्ने बिषयमा आफ्नो व्यक्तिगत कुनै पनि  संलग्नता नरहेको र घर टहरा सम्बन्धि बिषयलाई समेत जोडेर आफ्नो सार्वजनिक जीवनमा गम्भीर लाल्छना लाग्ने गरि पूर्वाग्रही  भइ बदनियतपूर्वक तरिकाले प्रसारित समाचार भ्रामक कपोलकल्पित मनगढन्ते  रहेको र त्यसमा कुनै सत्यता  नभएको समेत नगरबासी र शुभचिन्तकहरुलाई प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।

साथै सो सम्बन्धमा समबन्धित निकायबाट भइरहेको अनुसन्धानलाइ समेत प्रभावित पार्ने गरि प्रसारित उक्त श्रव्यदृश्य सामग्रीको बैधता समेत परिक्षण हुनुपर्ने हुँदा यस प्रकारको स्वयं नगर प्रमुख र नगरपालिकालाइ लक्षित गरेको कथित समाचार प्रसारण पार्टी गम्भीर खेद प्रकट गरेको उल्लेख गरिएको छ। साथै  आफ्नो चार दक्षकको राजनीतिक यात्रा विवाद रहित निष्पक्ष निष्कलंक रहेको व्यहोरा आम नागरिकलाइ सर्वबिधितै  रहेको उल्लेख गरेका उनले नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी बहन गर्दा बिगतमा पनि नगरबासीहरुको शिर निहुरिने कार्य नगरेको र भबिष्यमा पनि कुनै किसिमले शिर निहुरिने कार्यहरु   नगर्ने प्रतिबद्धता समेत व्यक्र गरेका छन। उनले त्यस्ता भ्रम चर्ने खालका सामग्रीप्रति आम नगरबासि शुभचिन्तकहरुमा नकारात्मक संदेश नजावोस र उक्त सामग्रीलाइ आधार मानि व्यक्तिगत धारणा नबनाउन समेत उनले आम नगरबासी हरुलाई अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।