चौथो पटक जनप्रतिनिधि बन्ने दुई नेताको रहर : गगन र कुसुमलाई गठबन्धन कै भर …

कपन अनलाइन
काठमाडौं, २९।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की चौथो पटक जनप्रतिनिधि बन्नका लागि चुनावी मैदानमा उत्रिने तयारी गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थापा र क्षेत्र नं ४ (२) मा सिफारिस भएका कार्की दुवै जना चौथो पटक जनप्रतिनिधि बन्नका लागि निर्वाचनको मैदानमा आउन लागेका हुन्।

२०६४ सालको संविधान सभामा समानुपातिक सांसद रहेका थापा २०७० र २०७४ सालमा काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचित बनेका थिए भने २०४९ सालमा साविक महांकाल गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष बनेका कार्की २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्यमा निर्वाचित बनेका थिए।

लामो समय काठमाण्डौ क्षेत्र नं ४ का जनताको मतको प्रतिनिधित्व गरेका दुई नेताले यस पटक गठबन्धनको भरमा निर्वाचन लड्ने तयारी थालेका छन जसको रिहर्शल पटक पटक भएका गठबन्धनका बैठकमा गरिएको छ।

तिन पटक नेकपा एमालेको चिन्ह र झन्डा बोकेर निर्वाचित हुँदै हाल एमाले परित्याग गरी नेकपा एसका नेता भएका प्रदेस सभा सदस्य कार्की र  महामन्त्री थापाले काठमाण्डौ क्षेत्र नं ४ मा खुल्ला रुपमा गठबन्धनको अभ्यास सुरु गरेसंगै क्षेत्रको राजनीतिमा विभिन्न अड्कल र विश्लेषण हुन् थालेको छ।

लोकप्रिय मत सहित महामन्त्रीमा निर्वाचित भएर प्रधानमन्त्रीको दावी गरेका थापाले सुरु गरेको गठबन्धनको प्रयास निक अर्थपूर्ण रहेको चर्चा भैरहेको काठमाण्डौ क्षेत्र नं ४ का कांग्रेस नेताहरुमा भने निरासा देखिएको अनुमान गर्न थालिएको छ।

आफ्नो सक्रिय राजनीतिक जीवनको उत्तरार्धमा रहेका कतिपय कांग्रेस नेताहरु गठबन्धनको प्रयास संग असन्तुस्ट बन्दै मौन र निस्क्रिय बन्दा अनर्गल,भद्दा र सस्ता प्रचारको सहारा लिन बाध्य बन्नु परेको भन्दै नेकपा एस र कांग्रेसका कतिपय नेताहरुले सार्वजनिक रुपमै आपत्ति र असहमति समेत प्रकट गरेका छन।

काठमाण्डौका अन्य क्षेत्रमा जही क्षेत्र नं ४ मा पनि जबर्जस्त रुपमा देखिको परिवर्तनको लहर र मागलाई नजिकबाट निहालेका थापा र कार्कीले एक अर्काको सहकार्य बिना नेकपा एमालेलाई चुनौती दिन कठिन हुने भन्दै गठबन्धनको औचित्य पुस्टि गर्न खोजेपनि नेकपा माओवादी केन्द्रको स्थान र भूमिका के हुने विषय पेचिलो बनेको चर्चा भुषको आगो झैँ  फैलिएको छ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उपत्यकाका १८ स्थानीय तह मध्ये नेकपा एमालेले  सबैभन्दा सानदार नतिजा निकालेको बुढानिलकण्ठ नगरपालिकाका ८ र काठमाण्डौ महानगरपालिकाका ४ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ का १२ वडाका अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा एमाले बलियो देखिएपछी गठबन्धनको प्रयास थालेपनि त्यो सहज हुने भने नदेखिएको एक बुद्दिजीवी बताउछन।

पछिल्लो समय टोलीलाई खटाएर नेकपा एमालेबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका डा. राजन भट्टराईका विरुद्ध तुक न तर्क विनाका मनगढ़न्ते प्रचार गरिनु नेकपा एमालेको प्रभाव र क्षेत्रका जनताको परिवर्तनको माग संगको डर रहेको विश्लेषण गर्दै ति बुद्दिजिविले यसै कारणले थापा र कार्कीले गठबन्धनको भर पर्न खोजेको हुनसक्ने आंकलन समेत गरेका छन।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ मत प्राप्त गरेका थिए।

त्यसैगरी स्थानिय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारले २,२९३ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।