पूर्व अमेरिकी राजदूत स्कट डेलेसीले गरे शंखरापुर नगरपालिका प्रमुख रामेश नापित संग छलफल

पूर्व अमेरिकी राजदूत स्कट डेलेसीले गरे शंखरापुर नगरपालिका प्रमुख रामेश नापित संग छलफल

कपन अनलाइन

काठमाडौं, भाद्र २९ ।नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसी र शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित बिच भेटवार्ता भएको छ । सोमबार शंखरापुर नगरपालिकाको कार्यालयमा श्रीमती डेजा डेलेसी सहित स्कट र प्रमुख  नापित बिच छलफल भएको हो ।

सो भेटमा शंखरापुर नगरपालिकाको योजना, आवश्यकता र प्रथामिकताका विषयमा छलफल भएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन  ।सो छलफलमा आगामी दिनमा शंखरापुर नगरपालिका होमनेट नेपाल र इन्गेज नेपालको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्ने बिषयमा पनि छलफल भएको  प्रवक्ता श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।