पूर्व माननीयको आत्ममन्थन : त्रिलोचनआचार्य (कविता )

पूर्व माननीयको आत्ममन्थन : त्रिलोचनआचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १८।

थाहा छैन बितेछ वर्ष कसरी टुप्लुक्क तीपाँच नै
गाह्रो हुन्छ थपक्क पास हुनता यो पाँचको जाँच नै
गर्दै नाटक वारवार किन यो पर्ने नि ! मैले रुन ?
जाऊँ फेरि कुदेर गाउँ कसरी, आएछ निर्वाचन ।१।

पैल्यै भन्नु भनेँ त्यहाँ वरिपरी बाटो खनौँला भनी
को पत्त्याउँछ फेरि दुख सुखको साथीबनौँलाभनी
के भन्दै अब जाउँला घरघरै सोध्लान् गरिस् के कति?
छाड्दैनन् जनता हुनेछ रमिता, सुन्दैछु मैले अति ।२।

जाऊँउल्लु बनाउँदै कि पुलको गर्दै शिलान्याश म
आई हाल्छ कुलो भनेर अझलौ बाँडौँ कि त्यै आश म
के गर्ने त निदाउने सदनमा धोको त उस्तै रह्यो
खै केमा अब बोक्नु भोट अघिको डोको पुरानो भयो ।३।

भन्थेँ जान्छु म किन्तु यो शहरले तानेर राख्यो सधैँ
चिल्लो कार र बारले महलले छानेर राख्यो सधैँ
लाग्दा नित्य भिषा विदेश तिरको बाधा जनाई रह्यो
आई हाल्छ झिलिक्क झिल्ल बहुतै, यो पाँच घाँडो भयो ।४।
रुफर्कन्छन् कति पिल्लपिल्ल गहमा पानी चुहाएपछि
फर्कन्छन् कति रात साँझनभनी, पैसा सुँगाएपछि
देखी यो अनुहार मख्ख जनता, गर्ने नि माफै त हो
चिन्तामात्रचुनावको घरिघरी, जित्ने म आफैँ त हो ।५।

यस्तो लाग्छ कि को छ कत्ति बलियो, जोखेर बाँडे हुने
वा स्थायी पदपूर्ति भो अब भनी लेखेर छाडे हुने
कस्तो दुःख सधैँ, गएर जनता मानेर ठूला पुज
कस्तो मान कि भुक्तमान? जहिल्यै बोकेर पैसा कुद ।६।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।