म भित्रको म : चक्र तिमिल्सिना (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १८।
म खोजिरहेको उद्देश्य बिनाको लक्ष्य
जहाँ मेरा मनका तरंगहरूलाई आभाष होस्
म हिडिरहेको छु अँध्यारोतर्फ खोज्दै उज्यालो
जहाँ मेरा मनका भावनाहरूलाई खास होस्
हो म अर्धपागल नै हो आखाँमा पावरवाला चस्मा लगाई
खुट्टामा किलो बिझेको समेत देख्दैन्
रगत बगिरहेछ, हात कापिरहेछ देख्दैन पीडाहरू
जहाँ मेरा मनका दुखाईहरूलाई केही आश होस्
न त मलम छ, न त पट्टि नै छ,
न त औषधी छ, न त शक्ति नै छ
छ त केवल छाला र हड्डीहरू यो शरीरमा
जहाँ मेरो मनका, मनहरूको अन्त्य नहोस्
पखेटा बिनाको चरा जस्तै उडिरहेको मेरो तन
भुईमै लतारिन्छ, भुईमै पछारिन्छ
छोडोस यो संसार यही तनले तर उडान खोज्ने
मेरा मनकाआत्माहरूलाई हिम्मत मिलोस
म ‘म भित्रको म’ खोजिरहेछु
न त ‘म’ महसुस गर्न सक्छु न त ‘म’ हेर्न सक्छु
न त ‘म’ छुन सक्छु न त ‘म’खोज्न सक्छु
अब केवल ‘म भित्रको म’लाई एउटा मात्रै चाहना छ
जहाँ मेरा मनका ‘म’हरूको स्वाँस समेत नरहोस्
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक