काठमाण्डौ क्षेत्र नं १ ( १ ) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ७।
सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन आउन ८६ दिन बाँकी रहेको समयमा अहिले राजनीतिक दलहरुमा उम्मेदवारहरुको बहस निकै तीव्र बनेको छ।
कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका आधारमा प्रतिनिधि सभा र प्रदेस सभामा पार्टीको अवस्थाका वारेमा चर्चा गर्ने कर्ममा यहाँ काठमाण्डौ क्षेत्र नं १ ( १ ) को तथ्यांक प्रस्तुत गरिएको छ।
काठमाण्डौ महानगरपालिका वडा नं १० ,११ र २९ रहेको क्षेत्र नं १ ( १ ) मा स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ६४९६ मत प्रा प्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ४९०४ मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेकपा एमाले भन्दा नेपाली कांग्रेसको १५९२ मत बढी रहेको छ।
यस प्रदेस सभा निर्वाचन क्षेत्रमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७०९ मत प्राप्त गरेका छन भने नेकपा एसका उम्मेदवारहरुले कुल ४८ र नेकपा माओवादीका उम्मेदवारहरुले २५९ मत प्राप्त गरेका छन।