नि:शुल्क पाठ्यपुस्तक सहित न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै कान्तिपुर क्याम्पस

नि:शुल्क पाठ्यपुस्तक सहित न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै कान्तिपुर क्याम्पस

कपन अनलाइन

काठमाडौं साउन २४ । समुदायका कमजोर आय स्तर भएका सर्वसाधारणका छोरीछोरीले  न्यून शुल्कमा  गुणस्तरीय शिक्षा  प्रदान गर्ने हेतुले कागेश्वरी मनोहरा नगरपालिका ५ थली डाँछीमा संचालित कान्तिपुर क्याम्पसमा शैक्षिक सत्र २०७९ का लागि  प्लस टू मा भर्ना खुलेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको कान्तिपुर क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेलले जानकारी गराए।  शैक्षिक वर्षका लागि धमाधम भर्ना लिइरहेको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको उनले  जानकारी दिएका हुन।

नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै  प्रमुख   कुइँकेल विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन। कान्तिपुर क्याम्पस ले कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन पढाइ हुदै आएको बताउदै  एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको क्याम्पसले भर्ना हुनको लागि आउने बिद्यार्थीहरुलाई छात्रवृत्ति लगायतको सुबिधा प्रदान गरिनुको साथै निशुल्क पाठ्यपुस्तक प्रदान गरिने  जानकारी गराए  ।

 कोहि  पनि शिक्षाको उज्यालो घाम बाट कुनै पनि बालबालिका बन्चित नहुन भन्ने उद्देश्यका साथ क्याम्पसले गरिब, बिपन्न, दुर्गम ठाउँबाट आउने विद्यार्थीहरूका कोटा छुट्टयाइएको हुनाले  अन्य कलेजले जस्तो विद्यार्थीलाई पैसाकै कारणले पढ्न नपाउने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था क्याम्पसले सृजना नगर्ने बताउदै शिक्षालाई सर्वसुलभ बनाउने काम  क्याम्पसले  गरेको उनको भनाइ छ । अनुसन्धानमा आधारित शिक्षण सिकाइ  कलेजको मुख्य विशेषता  रहेको बताउदै सैद्धान्तिक पढाइसँगै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने  प्रमुख कुइकेल ले जानकारी गराए । विद्यार्थीलाई परीक्षामुखी शिक्षाभन्दा पनि जीवनोपयोगी शिक्षामा जोड  दिदै आएको उनको भनाइ छ ।

 काठमाडौं पूर्वी क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिका शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लाका गरि करिब १ हजार बिद्यार्थीलाइ  शिक्षा प्रदान गरि लाभान्वित गर्न सक्ने गरि भौतिक संरचना  तयार गरेको क्याम्पसको दाबि रहेको छ ।बढ्दो शहरीकरण शिक्षा र स्वास्थ्यको आवश्यकतालाइ मध्ये नजर गरि सो क्याम्पस संग भएको जग्गामा थप पूर्वाधारका कार्यलाइ निरन्तरता दिई स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको पहुच सबै जनतामा पुर्याउन पर्छ भन्ने अवधारणामा अगाडी बढेकोले सो क्याम्पसलाइ प्राप्त जग्गामा शिक्षा क्षेत्रको हब बन्ने कुरामा आफु विश्वस्त रहेको क्याम्पस प्रमुख शैलेन्द्र कुईंकेल बताउछन । गोकर्ण रिसोर्ट संगै  शान्त बातावरणमा संचालित सो क्याम्पस चाबहिल साँखु सडक संगै जोडिएको हुदा यातायातको सहजता रहेको छ ।

तपाइँको प्रतिक्रिया ।