ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ मा नानीबाबु बुढाथोकीको संकेतपूर्ण सक्रियता

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

नेकपा एमाले प्रदेस नं १ कमिटीका सचिवालय सदस्य नानीबाबु बुढाथोकीले ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ मा राजनीतिक सक्रियता बढाएका छन।

सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोषणा गरे संगै भएको बुढाथोकिको जिल्ला दौडाहालाई संकेत पूर्ण मानिएको छ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ मा नेकपा एमालेको  उम्मेदवार रहेका बुढाथोकीले यसै क्रममा नेकपा एमाले लिखु गाउँपालिका कमिटी वडा नं ३ को भवन निर्माणका लागि ५५,५५५ रकम सहयोग समेत गरेका थिए।

ओखलढुंगा-काठमाण्डौ सम्पर्क मंच हुदै लामो समयदेखी भूगोलको राजनीतिमा सक्रिय रहेका बुढाथोकी जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन।

निकै लामो समय वकालत क्षेत्रमा विताएका बुढाथोकी संगै दर्जनौ नेताहरु प्रदेस सभा क्षेत्रको उम्मेदवार बन्ने दौडमा रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।