काठमाण्डौ क्षेत्र नं ६ (१ ) मा को बलियो ?

काठमाण्डौ क्षेत्र नं ६ (१ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

सरकारले मंगसिर ४ गते  प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन घोषणा गरे संगै काठमाण्डौ क्षेत्र नं ६ (१  ) मा पनि  राजनीतिक माहोल निकै तातेको छ।

टोखा नगरपालिका २  वडा र काठमाण्डौ महानगरपालिकाका ३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ६ (१ ) मा स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

यस निर्वाचन क्षेत्रका ५ वडाहरु मध्ये नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले ३  वडामा विजयी प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवारहरु २ वटा वडामा विजयी बनेका छन ।

यस निर्वाचन क्षेत्रमा  नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७३६२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका  उम्मेदवारहरुले कुल ५६७४ मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेस ७८८ मतले नेकपा एमाले  भन्दा अगाडी रहेको छ।

त्यस्तै यस क्षेत्रका  राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ६१८ मत प्राप्त गरेका छन  भने नेकपा एसले १२०    र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले १६२ मत प्राप्त गरेका छन।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ६  (१ ) बाट नेकपा एमालेका केशव स्थापित  ८०२२ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका न्ह्युछे नारायण मानन्धरले ५१४९  मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।