मनास्लु वर्ल्ड कलेजको प्रमुख प्रशिक्षकमा राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत

मनास्लु वर्ल्ड कलेजको प्रमुख  प्रशिक्षकमा राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

मनास्लु वर्ल्ड कलेज काठमाण्डौ महानगरपालिका वडा नं ७ चुच्चेपाटीको प्रमुख प्रशिक्षकमा राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत नियुक्त भएका छन।

यसै शैक्षिक शत्र देखि खेलकुद विज्ञानको पठनपाठन शुरु गरेको सो कलेजले  फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टिम नर्माण गरी प्रतियोगिताहरुमा सहभागिता जनाउने उदेस्यले प्रमुख प्रशिक्षकमा बस्नेतलाई नियुक्त गरेको जानकरी दिएको छ।

मनास्लु सम्पुर्ण युवा खेलाडि विध्यार्थीहरूको सर्वाङगिन विकासको लागि कलेजले विशेष कार्यक्रम गर्ने बताउदै  कलेजका प्रिन्सिपल राजन श्रेष्ठले  खेलकुद मार्फत कलेजका विद्यार्थीहरुको वृति विकासलाई प्राथमिकतामा राखेको जानकारी दिएका छन ।

यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरू गर्ने जानकारी दिदै कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीहरुलाई  विश्व बजारमा खेलकुदका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्न विधागतरूपमा जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको उपयुक्त गन्तव्य बन्ने विस्वास ब्यक्त गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।