काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा को बलियो ?

काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १७ ।

सरकारले  प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोसणा गरे संगै काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा पनि राजनीतिक माहोल निकै तातेको छ।

काठमाण्डौ महानगरपालिकाका एक ,टोखा नगरपालिकाका छ र बुढानिलकण्ठ नगरपालिकाका ५ वटा  वडा रहेको यस निर्वाचन क्षेत्रमा  स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले  बलियो देखिएको छ।

तिन स्थानीय तहका १२ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा ९ वटा वडामा नेकपा एमालेका अध्यक्ष विजयी भएका छन भने दुई वटामा नेपाली कांग्रेस र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन।

यस निर्वाचन क्षेत्रमा रहेका तिन वटा वडामा विजयी बनेका नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ११,९०४  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उम्मेदवारहरुले कुल १०,०२६  मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेकपा एमाले १८१८  मतले नेपाली कांग्रेस भन्दा अगाडी रहेको छ।

त्यस्तै यस क्षेत्रका  राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल १६२८  मत प्राप्त गरेका छन  भने नेकपा एसले १७५३  र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ७९०  मत प्राप्त गरेका छन।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट नेकपा एमालेका दिपक निरौला १३,८७९ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रमेस कुमार खड्काले ९,५२४ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।