तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने : पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने : पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं साउन १७। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल हो,’ मन्त्री श्रेष्ठले भने, ‘तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिनेछ।

तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए। सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए। लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जाेड दिए।

तपाइँको प्रतिक्रिया ।