मगन्ते : डा. गोबिन्दशरण उपाध्याय
कपन अनलाइन
काठमाण्डौ ,असार १८।
रामलालले दुखजिलो गरेर आफ्नो छोरीलाई वी.ए. सम्म पढाए । उनको वंशमा एतिधेरै पढ्ने उनकी छोरी मात्र थिइन् । छोरीको विहेको कुरा चल्यो । यो स्वाभाविक थियो रमा चौवीस वर्ष पुगेर पच्चीस लाग्दै थिइन् ।
उनीहक्की तर आज्ञाकारी थिइन् । त्यसैले वुवा आमाले छानेको केटालाई नै पति बनाउने उनको अठोट थियो । सबै आमाबुवाको इच्छा छोरीको राम्रो ठाउँमा विवाह होस् भन्ने हुन्छ नै कुरा चल्नथाल्यो ।
बी. ए. एम.ए तथा इन्जिनियर केटाहरूको कुरा आयो, उनीले आफ्नो एकमात्र छोरी र छोरालाई आफ्नो सम्पतिको समान हक दिनुपर्छ भन्ने पक्षधर थिए तेसैले छोरीको नाममा एक कट्ठा जग्गापास गरीदिएका थिए भने छोराको नाममा एक कट्ठा र आफ्नो नाममा दुई कट्ठा राखेका थिए।
यसमा छोरा रमेशको पनि साथथियो । उनी विहेमा दाइजो दिने र लिने पक्षमा थिएनन् । धेरै केटाहरूको कुरा आयो तर दाइजोका कारणले कुरा मिलेन । बि.ए. पासले मोटरसाइकल र दूईलाख नगद, एम.ए. पासले चारलाख नगद र मोटरसाइकल, इन्जिनियरले १० लाख नगद र कार पाए विवाह गर्ने बताएपछि उनी सारै दुखी भए । छोरीले यो कुरा थाहा पाएपछि निकै दुख मानिन् ।
तर उनी आफ्ना मातापिता संग थिइन् । अन्ततः विवाहको कुरा छिनियो । एक जना इन्जिनियरले जन्ति लिएर आयो ।विवाहको मण्डप सजियो । सिन्दूर हाल्ने बेलामा दुलाहाका बाबुले ‘६ लाख नगद हातमा नदिए, वेहुला फिर्ता लैजाने’ अडान लिए । रमाका बाले पैसा ल्याएर टकारे तर त्यो अलि अपुग थियो । दुलाहा र उसका वुवाले अपमान गर्न छोडेनन् । दुलहीको भेषमा सजिएकी रमाले यो सबै सहन सकिनन् ।
उनले जन्ति र दुलाहा तिर फर्केर भनिन् ‘एउटा माग्नेले पाँच–दश रुपैया माग्छ । हामी ‘काम गरेर खानु पर्छ’ भनेर उपदेश दिन्छौं । जन्ति लिएर माग्न आउने एस्ता मगन्तेहरूको हामी प्रतिकार गर्न सक्दैनौं ।
कामै नगरी सित्तैमा मागेर खान पल्केका एस्ता भिखारी सँग म विवाह गर्न सक्दिन । म भिखारीको सम्मान गर्न सक्छु तर एस्ता परजीवीहरूको सम्मान गर्न सक्दिन ।
यी सम्भ्रान्त माग्नेहरूले आफ्नो लागि मागेका हुन्, आफ्नो स्वादको लागि मागेका हुन् । यस्ता स्वार्थीहरूबाट सुखको आशा गर्न सकिन्न । ब्वासाको मुखमा रगत लगेपछि रगत नै खोज्दछ । एक पटक सित्तैमा धन पाएपछि यिनले हमेशा सित्तै खोज्ने छन् । म सुखी हुनै सक्दिन । अन्ततःजन्तिनै लिएर रवाफसंग आएपनि यी मगन्ते नै हुन् । म एउटा म एउटा मगन्तेसंग कसरी विवाह गर्न सक्छु र एउटा मागेर खान पल्केका ले भोली परिश्रम गरेर परिवार पाल्छ भन्ने कुरा म कसरी विश्वास गरूँ?
दाइजो माग्ने र दिनेहरू दूवै मगन्तेहरू हुन् ।सित्तैमा खान पल्केका ब्वासा हुन् । दाइजो माग्ने र दिने दुवैको सामाजिक, पारिवारिक र धार्मिक रूपमा बहिस्कार गरौँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक