नगरपालिका संघको वेब साइटमा झुटो विवरण उल्लेख हुँदा बुढानिलकण्ठ नगरपालिकालाई तनाव

नगरपालिका संघको वेब साइटमा झुटो विवरण उल्लेख हुँदा बुढानिलकण्ठ नगरपालिकालाई तनाव

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

नेपाल नगरपालिका संघ द्वारा https://muannepal.org.np/update_category/notices/  वेवसाईटमा असार १० गतेको ‘नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्ने र नगर्ने सम्पुर्ण नगरपालिकाको विवरणमा प्रकाशित सुचनामा बुढानीलकण्ठ नगरपालिकाको पनि नाम विवरण पेस नगर्नेमा प्रकासित भएको झुटो विवरणले तनाव सिर्जना भएको छ।

असार ९ गते २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरेको बुढानिलकण्ठ नगरपालिका संगै सो विवरणमा हेटौडा उप महानगरपालिका र बिदुर  नगरपालिकाको पनि नाम उल्लेख गरिएको छ।

हेर्नुहोस विवरण :

उक्त नगरसभाको विभिन्न संचार माध्यमबाट  प्रत्यक्ष प्रशारण भएको हुँदा नेपाल नगरपालिका संघलाई आवश्यक छानबिनको लागि अनुरोध गर्दै प्रकाशित विवरण सच्चाईदिनका लागि  नगर प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले आग्रह गरेका छन।

सो बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख ,मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड ,प्रदेस सरकार सवारी साधन कर ५ करोड १० लाख ४१ हजार ,मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क १३ करोड १६ लाख ४१ हजार , बन बाट प्राप्त लोयल्टी १० लाख ,केन्द्र सरकार समानीकरण अनुदान २९ करोड ३९ लाख ,केन्द्र सरकार शसर्त अनुदान ३५ करोड ६५ लाख ,केन्द्र सरकार विशेष अनुदान २ करोड ,प्रदेस सरकार समानीकरण अनुदान ३ करोड ७३ हजार ,प्रदेस सरकार शसर्त अनुआन् २ करोड ७ लाख ८१ हजार ,प्रदेस सरकार सम्पुरक अनुदान २ करोड ९९ लाख ३५ हजार ,प्रदेस सरकार विशेष अनुदान ७५ लाख र अन्य आय ३३ करोड २२ लाख ९९ हजार आय  हुने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।