भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगिताको उपाधी सुर्य फुटसललाइ

कपन अनलाइन

काठमाडौँ, असार ११ ।अनुशासन, निरन्तरता गतिशीलता भन्ने नाराको साथमा श्री भुवाल डाँडा युवा क्लब द्वारा आयोजित  भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगिता  सम्पन्न भएको छ। खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसल प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ असार ७ गते देखि  असार ९ गते सम्म काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित एरिना फुटसल मैदानमा  सच्चालन भएको उक्त प्रतियोगिताको उपाधी सुर्य  फुटसलले जितेको छ। असार ९ गते बिहिबार सुर्य फुटसलले जोरपाटी फुटसल एकेडेमीलाइ पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो । त्यसैगरि तेस्रो स्थानको लागि  एरिना फुटसल र ढुकु फुटबल बीच भएको खेलमा ढुकु फुटसलले एरिना फुटसललाइ पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ।  बिजेता उप बिजेतासहित तृतीय स्थान हासिल गर्ने टिमले क्रमश नगद रु रु ७० हजार ३० हजार र दश हजार सहित ट्रफी,  प्रमाण पत्र प्राप्त गरेका  छन।

 त्यसैगरि   प्रतियोगितामा सुर्य फुटसलका कृजल खडका सर्वाधिक गोल कर्ता, सुर्य फुटसल कै सौगात ठकुरी उत्कृष्ट गोलरक्षक र जोरपाटी फुटसल एकेडमीका सुनिल गोले उत्कृष्ट खेलाडी घोसित भएका थिए प्रतियोगिताका बिजेता उप बिजेता र तेस्रो स्थान हासिल गर्ने टिमलाइ कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख एबम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षत्रीय सभापति सन्तोष चालिसे, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य श्री बहादुर योगी लगायतले नगद पुरस्कार सहित ट्रफी प्रमाण पत्र  प्रदान गरेका  थिए। भुवाल डाँडा युवा क्लबका सदस्य एबम कार्यक्रम संयोजक विजय लामाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा भुवाल डांडा युवा क्लबका उपाध्यक्ष शैलेश श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले शुभकामना मन्तब्य  राख्दै युवाहरुलाई कुलतमा फस्न नदिन खेलकुदको महत्वपूर्ण भूमिका  रहने बताउदै बौद्धनाथ क्षेत्र विकास समिति पनि  यस्ता कार्यक्रममा जोडिन पाउदा खुसि लागेको बताए । उनले खेलकुदको बिकासका लागि सरोकार निकाय संगै  सामाजिक संघ संस्थाको पनि भूमिका महत्वपूर्ण हुने हुँदा त्यसका लागि आफ्नो तर्फ बाट पनि सहयोग रहने बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताएका हुन् उनले बिभिन्न देश खेलकुदका माध्यम बाट संसारमा चिनिएको दृष्टान्त प्रस्तुत गर्दै खेलकुदको बिकासका लागि बातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले खेलकुद मनोरञ्जनको  लागि नभई जनचेतना जगाउने सम्बाहकको रुपमा समेत जोड्नुपर्ने बताउदै त्यसका लागि काठमाडौं महानगरपालिका वडा नं ६ ले सक्दो सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख एबम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले खेलकुदलाइ गोकर्णेश्वर नगरपालिकाले प्राथमिकतामा राखेर काम गरेको स्मरण गरेका  थिए । उनले पैसाको अभाबमा राष्ट्रिय एबम अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीहरुलाई नगरपालिकाले बजेटको व्यवस्था समेत गरि त्यस्ता प्रतियोगितामा सहभागी गराएको स्मरण गरेका थिए ।उनले खेलकुदको  विकास समाजको बिकासको लागि महत्वपूर्णहुने भएको कारण पनि नगरले खेलकुदको बिकासलाइ महत्व दिएर काम गरेको बताएका थिए ।

 कार्यक्रममा श्री भुवाल डांडा युवा क्लबका अध्यक्ष अजिप लामा, समाजसेवी लक्ष्मी भण्डारी सामाजिक अभियन्ता ईश्वर पुडासैनी प्रविन घिमिरे  लगायत खेलाडी रेफ्री र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । प्रतियोगितालाइ  काठमाडौं महानगरपालिका वडा नं ६ ,गोकर्णेश्वर नगरपालिकाले प्रायोजन गरेको थियो  भने सह प्रायोजकमा सुरक्षा लुब्रिकेन्ट, विट्स एकेडेमी, जेनिसिस एकेडेमी, कक्षा कोठा फ्लाइन वर्ड्स लगायत रहेका थिए

 

तपाइँको प्रतिक्रिया ।