सारदा एकेडेमी बुढानिलकण्ठ -११ मा अभिभावक भेला,रचनात्मक र सृजनशील गतिविधिमा सन्तुस्ट

सारदा एकेडेमी बुढानिलकण्ठ -११ मा अभिभावक भेला,रचनात्मक र सृजनशील गतिविधिमा सन्तुस्ट

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको सारदा एकेडेमीमा अभिभावक भेला सम्पन्न भएको छ।

लामो समय देखि शैक्षिक उनयन्नमा योगदान पुर्याउदै आएको बताउदै  उक्त विद्यालयका अभिभावकहरुले बालबालिकाको रचनात्मक र सृजनशील क्षेमताको विकासमा पनि निकै सहयोग पुगेको भन्दै खुसि व्यक्त गरेका थिए।

विद्यालयको प्रभावकारी संचालन र रचनात्मक योजना निर्माणमा अभिभावकहरुलाई सहभागी गराउने उदेस्यले आयोजना गरिएको भेलामा पठन पाठन र विद्यार्थीहरुको गतिविधिका वारेमा अन्तरक्रिया गरिएको थियो।

अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेसकाजी थापा,प्रिन्सिपल झवी राई , भाइस प्रिन्सिपल मोहन फुँयाल लगायतको सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।