काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा कृष्ण बहादुर तामाङको स्वतन्त्र उम्मेद्वारी घोषणा

काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा कृष्ण बहादुर तामाङको स्वतन्त्र उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

काठमाण्डौ क्षेत्र नं ५ (२)  बाट प्रदेस सभा सदस्यमा कृष्ण बहादुर तामाङले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं ५ निवासी तामाङले आज एक कार्यक्रम गर्दै आसन्न प्रदेस सभा निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका हुन्।

लामो समय नेकपा एमालेमा सक्रिय रहेका तामाङ गत स्थानीय तहको निर्वाचन पश्चात स्वतन्त्र रहदै आएका थिए। काठमाण्डौ क्षेत्र नं ५ (२ ० को विकासका लागि दल भन्दा पनि बलियो व्यक्ति आवश्यक रहेकोले आफुले उम्मेद्वारी दिएको बताउदै तामाङले आफ्नो विस्तृत योजना चाडै नै सार्वजनिक गर्ने जानकारी दिएका छन।

तामाङको उम्मेद्वारी घोषणा कार्यक्रममा नेकपा एमाले ,नेपाली कांग्रेस सहित विभिन्न पार्टी सम्बद्ध व्यक्तिहरुको पनि सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।