डान्सिङ स्टार्स नेपालमा विनायक सिद्ध कलेज चावहिलकी सरस्वती धिमाल बिजेता र सृजन रावल तेश्रो

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

विनायक सिद्ध कलेज चावहिलका सरस्वती धिमाल डान्सिङ स्टार्स नेपालको पहिलो स्टारका रुपमा विजेता बनेकी छन। हिमालयन टिभीमा प्रसारण भएको  सो प्रतियोगितामा विजेता बने संगै धिमालले अर्को सिजनका लागि छनौट समेत भएकी छन।

विनायक सिद्ध कलेज चावहिलमा कक्षा १२ मा अध्ययनरत धिमाल लाई निर्णायकहरुले ३० अंक प्रदान गरेका थिए । उनको प्रस्तुतिमा निर्णायक दिलिप रायमाझी र रेनेशा राईले स्ट्याण्डिङ अवेशन समेत दिएका थिए ।

सरस्वतीले सेमिफाईनलमा दिपिका तामाङसँग ब्याटल भिडेकी धिमालले स्कूल डान्सिङ च्याम्प, शिखर डान्स आईकन लगायतका शोहरुमा जित हासिल गरेकी सरस्वतीले एसईई डान्स च्याम्पियनसिपमा पनि फर्स्ट रनर अप हुँदै तहल्का मच्चाएकी थिईन् ।

त्यस्तै सोहि कलेजको बि एस डव्लु दोश्रो वर्षमा अध्ययनरत  सृजन रावल डान्सिङ स्टार्स नेपालमा तेस्रो भएका छन। उनले एपिसोड ६ मा प्रस्तुति दिएका थिए ।

निर्णायकहरुबाट  ३० मा ३० नै अंक पाएका  उनले सेमिफाईनलमा रिदेश बश्याल र आकाश बिकेसँग ब्याटल भिडेका थिए ।  नेपालगञ्ज निवासी २२ वर्षीय सृजनले   नृत्य क्षेत्रमा ७ वर्षभन्दा बढी समय बिताएका छन।

तपाइँको प्रतिक्रिया ।