बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको तिन दिने “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन”

बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको तिन दिने “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन”

कपन अनलाइन

काठमाण्डौ ,असार ११।

बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको थिंक पोजिटिभ ग्लोबल क्याम्पेन सुरु भएको छ।असार १०,११ र १२ गते बुढानिलकण्ठ नगरपालिकाका तिन स्थानमा हुने सो अभियानमा विभिन्न विषयहरुमा प्रस्तुतीकरण दिइने छ।

सभ्य सृजना प्रा.लि.को प्रस्तुति र स्कुल फाउण्डेशनको आयोजना रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाकाे सहकार्यमा यही असार १०, ११ र १२ गते   काठमाडौं  जिल्लाको बुढानीलकण्ठ नगरपालिका भित्रका ३ स्थानमा सञ्चालन गर्ने क्रममा पहिलो दिनको कार्यक्रम वडा नं १० मा सम्पन्न भएको थियो।

नेपालीहरुमा  रहेका  गिरवी , अशिक्षा, पछौटेपन, बसाईँसराईँ, बेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच, हीन भावना, देखासिकी, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा  कुलतमा लाग्ने प्रक्रिया  तीव्र रूपमा वढ्दै गएको अवस्थामा  Drug, HIV प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा  स्कुल फाउण्डेशनले सोही विषयमा वनाइएको चलचित्र  सिग्नेचर प्रदर्शन, मनोपरामर्श, जनजागरण र उत्प्रेरणा जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको दोश्रो दिनमा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरु तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

यो अभियान र चलचित्रलाई यूएनएआइडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालय लगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटीले प्रसंसा सहित उत्प्रेरित  गरेका छन् ।
स्वास्थ्य मन्त्रालय (NCASC) वाट Award Of Excellence  प्राप्त ‘ थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यसभन्दा अगाडि पनि देशका विभिन्न जिल्लाहरुमा सञ्चालन भैसकेको थियो।

 

तपाइँको प्रतिक्रिया ।